३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

सुटुक्क बाबुराम बालकोटमा !



काठमाण्डौं, ११ पुस ।
नयाँ शक्ति पार्टी अध्यक्ष बाबुराम भट्टराई सोमबार बिहान ओली भेट्न बालकोट निवास पुगे । चुनावी जितका लागि बधाई दिए । अनि ४५ मिनेट गफिए । आजको अन्नपूर्ण पोस्ट्मा समाचार छ ।
नयाँ शक्तिसँग आबद्ध एक बुद्धिजीवीका अनुसार भट्टराईले ओलीलाई स्थिर सरकार र आर्थिक समृद्धिको एजेन्डाका लागि आफ्नो आवश्यकता खड्किए ‘सघाउन तयार रहेको’ सन्देश यसअघि नै र्पुयाइसकेका छन् । भट्टराईले ओली भेटमा यसबारे कुनै कुरा नभएको अन्नपूर्णसँग दाबी गरे ।

बालकोट स्रोतले भट्टराईको पहलमा भेट भएको दाबी गर्दै गर्दा भट्टराईका सहयोगीले ओलीकै आग्रहमा भेट भएको जिकिर गरेका छन् । ‘प्रचण्ड र ओली दुवैलाई गोरखाबाटै टेलिफोनमा बधाई दिनुभएको थियो, ओलीले भेटेर कुरा गरौं भन्नुभएकाले बधाई दिन आउनुभएको हो,’ ती सहयोगीले भने ।

भट्टराईले चुनावी जितका लागि बधाई र भावी सरकारको नेतृत्वका लागि शुभकामना दिएको जानकारी दिए । उनले सत्ता गठबन्धनमा सहयोग गर्नेबारे केही कुरा नभएको जिकिर गरे ।

प्रकाशित मिति : ११ पुस २०७४ मंगलबार ००:००  १ : ४२ बजे