३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

‘अधिकार सुनिश्चितका लागि गाउँ स्तर देखि सक्रियता आवश्यक’



पार्वती पाण्डे, कपिलवस्तु, ११ पुस ।
महिला अधिकार सुनिश्चितका लागि गाउँ स्तर देखि महिलाहरुको सक्रियता आवश्यक रहेको महिला अधिकारमञ्चका केन्द्रीय सचिव चेतना अधिकारीले बताउनु भएको छ । सोमवार ४ न जितपुरमा राष्ट्रिय महिला अधिकारमञ्चको दोस्रो अधिवेशन तथा चौथो जिल्ला परिषद्लाई सम्बोधन गर्दै अधिकारीले यस्तो बताउनु भएको हो ।
महिलामाथि कुनै न कुनै प्रकारका हिंसाहरु भएको भन्दै हिंसा हुन नदिनका लागि सरकारले महिलाहरुलाई विभिन्न सिपमुलक एवं आयआर्जनका कार्यक्रम सञ्चालन गर्नु पर्नेमा सचिव अधिकारीले जोड दिनु भयो । हिंसा गर्ने जोकोहिलाई पनि कडा कारवाहि गर्नु पर्ने उहाँले बताउनु भयो । कार्यक्रममा शिवराज नगरपालिका उपमेयर शिवकुमारी चौधरीले अब स्थानिय स्तरमा महिला माथि हुने हिंसा न्युनिकरण हुने बताउनु भयो ।
आफु न्यायिक समितिको संयोजक भएकोले पनि अब पिडित महिलाहरुले न्याय पाउने उहाँले दाबी गर्नु भयो । महिला अधिकार सुनिश्चित गर्नका लागि आफुले सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष पार्वती पाण्डेले सरकारले महिलाहरुको शसक्तिकरणमा विशेष जोड दिनु पर्ने जनाउनु भयो । महिलाहरु आर्थिक रुपले सबल भएमा महिलामाथि हुने हिंसामा कमी आउने जनाउनु भयो ।
मञ्चका अध्यक्ष राधा पौडेलको अध्यक्षता र सचिव पबित्रा विश्वकर्माको सञ्चालन, शान्ता पाण्डेको स्वागतमा भएको उद्घाट्न समारोहमा सिद्धार्थ सामाजिक विकास केन्द्रका उपाध्यक्ष सुर्य कुमारी शाहि, सिद्धार्थ वचत तथा ऋण सहकारीका प्रकाश घिमिरे, दिव्यज्योती महिला वचत तथा ऋण सहकारीका शान्ता खनाल, मिरमिरे महिला वचत तथा ऋण सहकारीका मधु पोख्रेल लगायतले अधिवेशन सफलताको शुभकामना दिनु भएको थियो ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । यसै विच मञ्चले महिला अधिकार सुनिश्चित गर्नका लागि विभिन्न योजना सहितको ज्ञापन पत्र वाणगंगा नगरपालिकाका उपमेयर एवं न्यायिक समितिका संयोजक चक्रपाणी अर्याललाई वुझाएको छ ।

 

प्रकाशित मिति : ११ पुस २०७४ मंगलबार ००:००  १२ : ३४ बजे