३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

फिलिपिन्समा आँधी र आगलागीमा परि मृत्यु हुनेको संख्या दुई सय नाग्यो



मनिला, १० पुस ।
फिलिपिन्समा भएका दुईओटा ठूला घटनामा परी तीन दिनमा कम्तीमा २३७ जनाको मृत्यु भएको छ। शुक्रबार आएको ‘टेमबिन’ नामक आँधीमा परी मृत्यु हुनेहरूको संख्या अहिलेसम्म २०० पुगेको छ भने शनिबार दावाओ सिटीमा रहेको एउटा सपिङ मलमा भएको आगलागीमा परी ३७ जनाको मृत्यु भएको छ।
शनिबार बिहान भएको आगलागीमा परी हराइरहेकामध्ये उनीहरूको मृत्यु भएको हुन सक्ने अधिकारीहरूले बताएका छन्। अग्नि नियन्त्रक र उद्धारकर्ताले झण्डै १६ घण्टासम्मको लगातारको प्रयासपछि आइतबार बिहान मात्र आगो नियन्त्रणमा लिन सफल भएका छन्। राष्ट्रपति रोड्रिगो डुतेर्तेले आगलागीमा परी ज्यान गुमाएकाका आफन्तलाई सहानुभूति व्यक्त गरेका छन्। उनले उक्त दुर्घटनाबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई धैर्यधारण गर्न आग्रह गरे। पीडितका परिवारलाई सरकारले सहयोग गर्ने घोषणा पनि उनले गरे। घटनास्थलमा परेका व्यक्ति जीवितै हुने सम्भावना शून्य रहेको छ।
क्याथोलिक विसप कन्फेरेन्सका अर्च्बिसप रोमुलो भालिजलाई उद्धृत गर्दै राष्ट्रपति डुतेर्तेले हराएकाको जीवितै रहने सम्भावना नरहेको बताए। आफन्त गुमाएकालाई उनले नजिकैको एउटा रेस्टुरेन्टमा भेट्ेका थिए।
त्यसैगरी फिलिपिन्सको मिन्दानाओमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या २ सयभन्दा बढी पुगेको छ। कैयौँ अझै पनि बेपत्ता भएका प्रहरी अधिकारीले जानकारी दिएका छन्। प्रहरीले झण्डै ७२ जना हराइरहेकाले खोजी कार्य जारी रहेको जनाएको छ। राष्ट्रिय प्रकोप खतरा न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले आँधी प्रभावित क्षेत्रबाट विवरण उपलब्ध गराउन आग्रह गरिएको छ। परिषद्का प्रवक्ता रोमिना मारासिगानले हराएका व्यक्तिको पूर्ण विवरण आउन समय लाग्ने बताए। यस आँधीका कारण ५० हजारभन्दा बढी नागरिक विस्थापित भएका छन्। सयौँ घर ध्वस्त भएका छन् भने कतिपय गाउँ नै बाढीले बगाएको छ।
यसैबीच फिलिपिन्समा आँधीका कारण ठूलो संख्यामा मानवीय क्षति भएकोप्रति संयुक्त राष्ट्रसंघले गहिरो दुःख व्यक्त गरेको छ। राष्ट्रसंघका महासचिव एन्तोनिओ गुतेरेसले आँधी र आगलागीका कारण फिलिपिन्सका धेरै नागरिकले ज्यान गुमाउनु परेको र ठूलो मात्रामा भौतिक क्षति भएकोमा दुःख व्यक्त गरेका छन्। एजेन्सीको सहयोगमा

 

प्रकाशित मिति : १० पुस २०७४ सोमबार ००:००  २ : ३७ बजे