३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

अध्यादेश तुरुन्त जारी गर्न काँग्रेस भ्रातृसंस्थाको माग



काठमाडौँ, १० पुस ।

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश तुरुन्त जारी गर्न माग गरेका छन् ।
भ्रातृ र शुभेच्छुक संस्थाका प्रमुखले आज पत्रकार सम्मेलनको आयोजना गरी सरकारले दुई महिनाअघि राष्ट्रपति कार्यालय पठाएको उक्त अध्यादेश हालसम्म जारी नभएकोमा दुःखसमेत व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा नेपाल महिला संघका अध्यक्ष उमा रेग्मीले प्रतिनिधिसभा र प्रदेशसभाका साथै राष्ट्रियसभाको निर्वाचन गराउने दायित्व पनि वर्तमान सरकारको रहेको उल्लेख गर्दै राष्ट्रियसभा र प्रतिनिधिसभालाई जोडेर ३३ प्रतिशत महिलाको प्रतिनिधित्वको अनिवार्य व्यवस्था संविधानमा रहेको बताउनुभयो ।

प्रकाशित मिति : १० पुस २०७४ सोमबार ००:००  १० : ३१ बजे