३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

समानुपातिकको परिणाम चाँडो सार्वजनिक गर्न नेता नेपालको आग्रह



काठमाडौं, पुस १० ।
पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अबिलम्ब निर्वाचन परिणाम सार्वजनिक गरी राष्ट्रपति समक्ष पेश गर्न निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ ।
संयुक्त वाम गठबन्धन काठमाडौं–२, ले आयोजना गरेको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा नेता नेपालले प्रतिनिधिसभातर्फको समानुपातिक परिणाम सार्वजनिक गर्न निर्वाचन आयोगले बिलम्ब गर्न नहुने बताउनुभएको हो ।
वरिष्ठ नेता नेपालले प्रत्यक्षतर्फको निर्वाचन परिणाम सार्वजनिक भए पछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएर नैतिकता देखाउनु पर्नेमा उल्टै राष्ट्रियसभाको बखेडा निकालेर अत्तो थाप्ने काम गरिरहेको आरोप लगाउनुभयो । संबिधानमा उल्लेख नै नभएको एकल संक्रमणिय प्रणालीलाई स्वीकार गर्न नसकिने बताउंदै उहाँले राष्ट्रिय सभा बहुमतीय प्रणालीमा नै गठन हुने ठोकुवा गर्नुभयो ।
नेता नेपालले दुनियाँको जुन सुकै शक्तिलागे पनि एमाले र माओबादी केन्द्रबीचको एकता नरोकिने बताउँदै एउटै कम्युनिस्ट केन्द्रले मुलुकको विकास र समृद्धि गर्ने स्पस्ट पार्दै दुवै पार्टीका कार्यकर्तालाई बहकाउ र भ्रममा नपर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : १० पुस २०७४ सोमबार ००:००  १० : २८ बजे