३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

भूपि शेरचनको ८२ औँ जन्मजयन्ती आज



काठमाडौं, पुस १० । साहित्यकार भूपि शेरचनको ८२ औँ जन्मजयन्ती आइतबार विविध कार्यक्रम गरी मनाइँदैछ । विसं १९९२ पुस १० मा मुस्ताङको दुप्चेमा जन्मनु भएका साहित्यकार शेरचन थोरै तर कालजयी रचनाका कारण लोकप्रिय हुनुहुन्छ ।

उहाँका कृतिमध्ये ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ चर्चित छ । शेरचनले गद्य कविता मात्र नभई गीत पनि लेख्नुभएको छ । ‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छ’ बोलको गीत उहाँको निकै चर्चित गीत हो । नेपाली गद्य कवितालार्य सरल, सहज र सबैले बुझ्ने भावको बनाउनुमा उहाँको ठूलो योगदान छ ।

भूपि जयन्तीका अवसरमा पोखरा, काठमाडौंसहितका ठाउँमा विशेष कार्यक्रम हुँदैछ । उहाँका परिवर्तन नाटक संग्रह, फुटकर गीत, कविता लगायत रचना प्रकाशित छन् । प्रगतिवादी धारमा कविता लेख्ने भूपिको विसं २०४६ जेठ १ गते निधन भएको थियो । उहाँले साझा पुरस्कार, गोरखा दक्षिण बाहुपुरस्कार प्राप्त गर्नु भएको छ ।

प्रकाशित मिति : १० पुस २०७४ सोमबार ००:००  १० : २३ बजे