४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

यातायातका दुई कर्मचारी घुससहित पक्राउ



काठमाडौं, पुस १० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधाराका नायब सुब्बा यादव पौडेल र खरिदार सुमन पोख्रेललाई ३२ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

आयोगका अनुसार साउदी अरेबियन सवारी चालक अनुमतिपत्रका आधारमा नेपाली सवारी चालक अनुमतिपत्र बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस माग्दै गरेका बेला उनीहरुलाई आयोगको टोलीले आइतबार पक्राउ गरेको हो ।

प्रकाशित मिति : १० पुस २०७४ सोमबार ००:००  १० : २० बजे