४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नब कलाकार पौडेलका शब्द रचनाले लोक संगितमा चर्चा बटुल्दै



सन्तोष पन्थी, कपिलवस्तु ।

बुवा देविराम पौडेल र आमा निमा पौडेलको कोखबाट वि।सं।२०५० साल फाल्गुणमा गुल्मीे जिल्ला मदाने गाउपालीकाको पूर्कोटदहमा जन्मीएर हाल रोजगारीको शिलशिलामा दक्षीण कोरीयामा रहेका धर्मराज पौडेलको नँया लोक गित सार्वजनिक भएको छ । बिरामि छु, बोलको लोकगित बजारमा लिएर २०७२ सालबाट लोक संगितमा प्रवेश गरेका पौडेल शब्द लेखनमा पनि माहिर देखिन्छन् । पूर्णकला वि।सि। र महेन्द्र भण्डारीको कर्णप्रिय आवाजमा बजार सम्म आएको गित बिरामि छु को शब्द पनि पौडेल आफैले लेखेका थिए भने लय पनि आफै श्रृजना गरेका हुन् । जुन गितले सबैको मन जित्न सफल भएको उनि बताउछन् ।
पहिलो गितको अपार सफलतासँगै थप उत्साहका साथ भर्खर मात्र अर्को गित बजार सम्म ल्याउन सफल भएको उनको भनाई छ । सन्चो छैन र रु बोलको यो गितमा शब्द रचना पौडेलकै रहेको छ भने लय महेन्द्र भण्डारीले श्रृजना गरेका छन् । चर्चित गायीका देवी घर्ति र महेन्द्र भण्डारीको अत्यन्तै सुमधुर श्वरमा सझिएर बजारमा आएको यो गितले पनि धेरै दर्शक श्रोताको मन जित्न सफल हुने पौडेलको विश्वास छ ।

लोक संगितमा प्रवेश कसरी गर्नु भयो भन्ने प्रश्नमा उनि भन्छन् । लोक संगितमा मेरो बाल्यकाल देखि नै एकदमै रुचि थियो, विभिन्न क्लव, संघ संस्था, समुह तथा विद्यालयमा आयोजना हुने सानो देखि ठुलो कार्यक्रममा पनि भाग लिन्थे मेरो प्रस्तुति सुनेर सबैले हौसला दिदै कलाकार बन्नु है भनदै आर्सिवाद दिनुहुन्थ्यो सोहि अनुरुप मैले पनि मेहनत गरेर आज यो स्थानमा पुगेको छ ।

तपाईको विचारमा संगित के हो रु भन्ने प्रश्नमा फेरी उनि भन्छन् । संगित प्यास हो । प्यास मेटाउन पानि खोज्नको लागी जस्तो सुकै अप्ठ्यारो परेपनि कुवा सम्म धाउनै पर्छ हो त्यस्तै सफल हुन दृढ संकल्प र अठोट चाहिन्छ र धैर्य गर्ने बानि हुनु पर्छ एकदिन सफलता हात अवश्य लाग्दछ । संगितमा अवसरहरु धेरै छन् अवसर संगै चुनौति पनि उत्तिकै छन्, ति अवसर र चुनौतिलाई समायोजन गर्दै अगाडि बढ्ने हो भने असम्भव केहि पनि छैन् ।”

विभिन्न बाध्यताले गर्दा नेपाली कलाकारहरु दिनानुदिन पलायन हुदै गईरहेको यो परिवेशमा मातृभूमि भन्दा धेरै टाढा अर्काको मुलुकमा रहेर पनि नेपाली लोक कला संस्कृतिको जगेर्ना गर्ने लक्ष्य, आट र साहसका साथ पौडेलले लोक संगितमा लगानी गरेका छन् । उनलाई यस क्षेत्रमा स्थापित हुनै निकै चुनौतीहरु पनि छन् ति चुनैतीलाई पाखा लगाउदै लोक संस्कृतिको संरक्षणमा जुट्न सबैको साथ आवस्यक छ ।

प्रकाशित मिति : १० पुस २०७४ सोमबार ००:००  १० : १७ बजे