४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कलामा अब्बल पारिजात



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु डान्स आइडल जिल्लाको सर्वाधिक चर्चा बटुलेको रियालिटी सो हो । नवौ कपिलवस्तु महोत्सव अन्र्तगत संचालित आइडल सातौं संस्करण सम्म आइपुग्दा यसको चर्चा राष्ट्रिय रुपमै फैलिएको छ । विशेषगरि कपिलवस्तु डान्स आइडलमा विद्यार्थीहरुले उत्साहजनक सहभागीता जनाउने गरेका छन् । विद्यार्थीले आइडलमा सहभागीता जनाए संगै विद्यालयहरु पनि आफ्ना विद्यार्थी जिताउन संस्थागत रुपमै लाग्ने गरेको देखिन्छ । त्यसले गर्दा डान्स आइडलको चर्चा सर्वाधिक हुने गरेको दर्शकहरु बताउँछन् । कतिपयले त डान्स आइडललाई प्रतिष्ठाको रुपमा हेर्ने गरेका छन् । यति सम्म कि डान्स आइडलमा भाग लिने प्रतियोगीलाई भन्दा बढी चिन्ता विद्यालयलाई हुने गरेको छ । मंसिर २३ गते देखि जारी नवौँ कपिलवस्तु महोत्सव अन्र्तगतको सातौ डान्स आइडलको अन्तिम नतिजा बुधबार राती घोषणा गरिएको छ । उपाधि जित्ने प्रतियोगी एश्वर्य पौडेलको अहिले जिल्ला भर चर्चा छ । ५० जना प्रतियोगीलाई विभिन्न चरणमा पछि पार्दै पारिजात मावि बनगाई कक्षा ६ मा अध्ययनरत छात्रा ऐश्वर्या पौडेलले डान्स आइडलको उपाधि चुमेकी छिन् ।
विद्यार्थीलाई अध्ययनमा मात्र नभई रचनात्मक रुपमा पनि अब्बल पार्नुपर्छ भन्ने मान्यता पारिजात माविको हुँदै आएको छ । यस विद्यालयले समय समयमा विद्यार्थीलाई विभिन्न अतिरिक्त तालिम दिदै आएको छ । पारिजातले विद्यार्थीलाई अब्बल बनाउन उद्घोषण कला, नृत्य, गायक, हाजिरी जवाफ प्रतियोगीता लगायतका सबै प्रतियोगीतामा उपस्थित गराउने गरेको छ ।
विद्यालयका प्राचार्य कृष्ण केसी भन्नुहुन्छ, विद्यार्थीलाई पढाईमा मात्र नभई, अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउनुपर्छ भन्ने आफुहरुको मान्यता रहको बताउँनुहुन्छ । पढाई बाहेक अन्य अतिरिक्त क्रियाकलापमा अब्बल विद्यालयलाई विद्यालयको लगानीमा अगाडी बढाउने गरेको प्राचार्य केसीले बताउनुभयो । विद्यार्थी आजका मात्र नभई भोलीका पनि कर्णधार हुन, उहाँले भन्नुभयो, यसमा विद्यालय परिवार निकै गम्भिर छ ।
आइडलमा परिजातको नाम दोस्रो पटक चर्चामा
बुधबार राती घोषणा गरिएको डान्स आइडलमा मात्र नभई पारिजातका अध्ययन गर्ने विद्यार्थीले यस भन्दा पहिला पनि उपाधि जितेका छन् । कपिलवस्तु डान्स आइडलको चौथो संस्करणमा पारिजातमा अध्ययनरत रविन अधिकारीले उपाधि जितेका थिए । उनले पनि पारिजातको नाम शिखरमा पुरयाएको विद्यालयका शिक्षकहरुको भनाई छ । वाणगंगा नगरपालिका वडा नम्बर ७ बनगाईमा स्थित पारिजात मावि यस क्षेत्रको राम्रो निजी विद्यालयको रुपमा चीर परिचित छ । नर्सरी देखि कक्षा १२ सम्मको अध्ययन अध्यापन हुने पारिजात माविमा हाल १ हजार भन्दा बढी विद्यार्थीे अध्ययनरत छन् ।
सातौँ डान्स आइडलको उपाधि ऐश्वर्याले चुमिन
जिल्लामा सर्वाधिक चर्चा बटुलेको सातौँ कपिलवस्तु डान्स आइडलको उपाधि ऐश्वर्या पौडेलले जितेकी छिन् । मंसिर २३ गते देखि जारी नवांै कपिलवस्तु महोत्सवमा सञ्चालन भैरहेको सातौ डान्स आइडलको उपाधि पौडेलले जितेकी हुन । उनले उपाधि संगै नगद रु. ५५ हजार ५५५ सहित आर्कषण पुुरस्कार प्राप्त गरिन । पौडेलले ५० जना प्रतिस्पर्धीलाई विभिन्न चरणमा पछि पार्दै उपाधि जित्न सफल भएकि हुन । उनी वाणगंगा नगरपालिका–७ बनगाईमा अवस्थित पारिजात माविमा कक्षा ६ मा अध्ययन गर्छिन ।
बुधबार राती सम्पन्न भएको डान्स आइडलको दृतिय स्थानमा एलिसा सारु आउँन सफल भएकि छिन । यो संगै उनले नगद रु. ३५ हजार ५५५ सहित आकर्षण पुरस्कार प्राप्त गरिन । उनले वाणगंगा नगरपालिका वडा नम्बर–२ मा रहेको आवर विज्डम बोर्डिङ स्कुलमा अध्ययन गर्छिन ।
यस्तै आइडलको तृतीय स्थानमा मोनिका हमाल आउँन सफल भएकि छिन । मोतीपुर सामुदायिक विद्यालयमा अध्ययनरत हमालले नगद रु. २५ हजार ५५५ सहित आकर्षण पुरस्कार प्राप्त गरेकि छिन ।
आइडलको सान्त्वना पुरस्कार दिव्या थापाले लगेकि छिन । वाणगंगा नगरपालिका ८ बोडगाउँमा रहेको भुपु सैनिक बोर्डिङ स्कुलमा अध्ययन गर्ने थापाले नगद रु. १० हजार ५५५ रुपियाँ सहित आकर्षक पुरस्कार पाएकि छन । महोत्सव अवधिभर आफ्नो प्रस्तुती देखाएका प्रतियोगी ६० प्रतिशत भोट र ४० प्रतिशत निर्णायकको आधारमा छनौट भएका हुन ।
जीतको खुसियालीमा भव्य विजय ¥याली
ऐश्वर्या पोडेलले सातौं डान्स आइडियलको उपाधि जिते पछि विद्यालयले बिहिबार भव्य विजय ¥याली निकालेको छ । जयनगर गोरुसिङ्गे देखि शुरु भएको विजय ¥यालीले कोइली बनगाई, घेरुवा बनगाई, चप्परगाउँ, बोडगाउँ, चारनम्बर, पिपरा, गजेहडा हुँदै पुनः विद्यालय प्राङ्गण बनगाई आएर कोणसभामा परिणतमा भएको थियो । विजय ¥यालीमा सयौँ विद्यार्थी, शुभचिन्तकहरुको सहभागीता रहेको थियो । ¥याली चलिरहँदा उपाधि विजेता पौडेललाई विभिन्न सर्वसाधारणले फूलमाला र अविर लगाई दिएका थिए ।

प्रकाशित मिति : ८ पुस २०७४ शनिबार ००:००  ३ : ५० बजे