४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

जगदिशपुर तालमा पर्यटकको आगमन बढ्यो, चरा र माछाको चोरी निकासी बन्द



मनिस कार्की, कपिलवस्तु, ८ पुस ।
कपिलवस्तुको जगदिशपुरमा रहेको जगदिशपुर तालमा चराहरुले आफ्नो बास स्थान बनाएका छन । यसरी चराहरुको बास स्थान बने पछि तालमा आन्तरीक र वाह्रय पर्यटकहरुको लागी उत्कृष्ट गन्तव्य वन्दै आएको छ । बिश्वमै दुर्लभ मानिएका बिभिन्न प्रजातीका १० हजार बढी चराचुरुङ्गीहरु जगदिशपुर तालमा पाईने हुदा तालको महत्ब झन धेरै छ ।
विश्ब सिमसार स्चिमा सुचिकृत रहेको यो ताल निग्लिहबा गाबिसको वडा नंम्वर १ र ४ मा फैलिएको छ । यो ताल नेपालकै सबैभन्दा ठुलो मानब निर्मित तालमा गनिन्छ । तालमा चराचुरुगीको चिरविराहटले तालको वातावरणलाई मनमोहक वनाउने गरेको छ ।
रामसार कन्भेन्सन अन्तर्गत सन् २००३ मा अन्तराष्ट्रिय सिमसार क्षेत्रमा सुचिकृत भएको यो तालमा रैथानेका अलवा अन्य साईवेरिया देखि फिरन्ते चराहरु आउने गरेका छन् । यति धेरै महत्व भएको तालमा वेलावखत मानवीय अतिक्रमण हुने गरेको छ । तीन वर्ष अघि ताललाई व्यवसायीक प्रयोजनका लागी भन्दै निग्लीहवा गाविसले माछा मार्न दिएको थियो । त्यस कारण तालमा चराचुरुङ्गी आउन छाडे पछि स्थानीय चिन्तीत भएका थिए ।
विभिन्न चरणमा थालिएको पहलबाट तालमा रहेका माछा र चरा मार्न गत वर्षको अन्त्य तिर प्रतिबन्ध लगाइए पछि अहिले तालमा रहेका चरा र माछा हेर्न आउने पर्यटकको चहलपहल वढ्न थालेको छ ।
१ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको ताललाई अतिक्रमण वाट जोगाउन स्थानीयबासी लागि परेका छन । जगदीशपुर तालमा जाडोको चार–पाच महिना चराचुरुङ्गी आई बच्चा हुर्काई फर्कने गर्दछन् । तालमा आजभोली पेकि¨ डग, कुर्मा, नील टाउके, माल्टाज, फिस्टा, खटखटे, भुडीफोर र सुनजुरे लगायतका चराचुरुङ्गी प्रसस्त देखिन्छन् ।
साईबेरिया, चीन, रुश र भारत लगायतबाट जाडो छल्न प्रसस्त चराचुरुङ्गीहरु आउने गर्दछन् । यहा सारश, भुडिफोर गरुड र गिद्ध लगायत ६ प्रजातीका दुर्लभ चराचुरुङ्गीहरु पाईन्छ । तालमा १५० बढी चराचुरु¨ीको बास स्थल, ३८ प्रजातीका सरिसृप र ८ प्रजातिका उभयचर पाईने नेपाल पंक्षी संरक्षण संघ (बिसिएन)को अध्ययनले बताएको छ ।

प्रकाशित मिति : ८ पुस २०७४ शनिबार ००:००  २ : ४९ बजे