४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अध्ययन टोली भन्छ, राजधानीका लागि ‘दाङ’ उपयुक्त



दाङ, ८ पुस ।
दाङलाई प्रदेश नं पाँचको प्रादेशिक राजधानी बनाउने गरी पूर्वाधार अध्ययन, निरीक्षण तथा छनोट गरिएको छ । मध्य पश्चिमाञ्चल क्षे त्रीय प्रशासक एवं राजधानी पूर्वाधार अनुगमन समितिका संयोजक सुरे श प्रधान नेतृत्वको टोलीले दुई दिन लगाएर जिल्लामा राजधानीको लागि पूर्वाधारको अवस्था र संरचनाको अध्ययन निरीक्षण गरेको हो । टोलीले राजधानीको लागि दाङ उपयुक्त भएको निश्कर्ष समेत निकालेको छ ।
प्रधानमन्त्री कार्यालयको निर्देशन अनुसार दाङलाई प्रदेशको अस्थायी मुकाम तोक्न के कस्ता संरचना र पुर्वाधार छन, त्यसको अध्ययन गरी प्रतिवेदन पठाउनु भन्ने निर्देशनका आधारका दाङ पूर्वाधारको व्यवस्थापन गर्न निरीक्षण गरिएको संयोजक प्रधानले जानकारी दिनुभयो । अध्ययन  टोलीले  दाङका विभिन्न १५ वटा सरकारी तथा गै रसरकारी संस्थाका भवनहरुको  स्थलगत निरीक्षण गरि उपयुक्त रहेको प्रतिवेदन पेश गर्ने तयारी गरेको छ ।
पूर्वाधार निरीक्षण टो लीले  ने पाल संस् कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बे लझुण्डीमा रहेको आयुर्वेद अध्ययन संस्थानको  नव निर्मित एक सय आठ कोठाको  सुविधा सम्पन्न भवनलाई प्रादेशीक मन्त्रालयको प्रशासनिक भवन बनाउन सकिने बताएको छ । प्रदेशको मुख्यालय बेलझुण्डी बनाउने र मन्त्री, मुख्य मन्त्रीहरुको आवासका लागि घोराहीका विभिन्न सरकारी कार्यालयहरुलाई प्रयोग गर्न सकिने तयारी गरिएको छ ।
पूर्वाधार निरीक्षण टोलीका सदस्य सचिव तथा सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख राजेन्द्र प्रसाद पाण्डेका अनुसार मन्त्री आवासका लागि जिल्ला कृषि विकास कार्यालय, सहकारी डिभिजन, जिल्ला हुलाक, घरेलु कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालयको  भवन हेरिएको छ । त्यसैगरी कृषि विकास बैंक क्षे त्रीय कार्यालयलाई पनि प्रयोग गर्न सकिने उल्लेख भएको छ ।
पाण्डेले देउखुरी उपत्यका र दाङ उपत्यकामा पूर्वाधार जोड्न निर्देशन भएको र देउखुरीमा त्यस्ता पूर्वाधार नभएको हुँदा घोराही र बेलझुण्डीमा मुख्य तयारी भएको बताउनुभयो ।

प्रकाशित मिति : ८ पुस २०७४ शनिबार ००:००  २ : ३७ बजे