४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

भुकम्प पिडितको ब्यथाः बगरमा जिन्दगी !



रसुवा, ८ पुस ।
रसुवाको उत्तरगया गाउँपालिकाको खाल्टे बगर भुकम्पपीडितको आश्रयस्थल बनेको छ । बगरमा साना ठुला गरी करिब डेढ सय टहरा छन् । दुई बर्षअघि भुकम्पले बिल्लबाठ बनाउका पीडित बास खोज्दै खाल्टे बगरमा आएका हुन् । भुकम्पले आफ्नो जायजेथा सबै लुटेपछि पीडित भाडाको जग्गामा बस्दै आएका थिए । आजको नागरिकमा यो खबर छ ।
बेरोजगार उनीहरु जग्गाको भाडा तिर्न नसक्ने अवस्था आएपछि खाली ठाउँ खोज्दै त्रिशुली नदीको बगरमा आएका हुन् ।
भिन्न भिन्न ठाउँबाट आएका पिडितले धमाधम टहरो बनाउन थालेसंगै बगर पनि भरिन थालेको छ ।
आफुन नो जग्गा बस्नयोग्य नभएपछि बगरमा आुपरेको पिडित बताउँछन् । भुकम्पअघि गाउँमै खेती गरेरै जिविका चलाएका थियौं उत्तरगया गउाँपालिका डाँडागाउँबाट खाल्टे बगरमा आईपुगेकी ठुलीमाया तामाङले भनिन् ।

प्रकाशित मिति : ८ पुस २०७४ शनिबार ००:००  २ : ०९ बजे