४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बुटबलबाट विष्णुको यस्तो हुँकार !



रुपन्देही, ७ पुस ।
नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले बुटवललाई प्रदेश ५ को राजधानी नबनाए आन्दोलन चर्काउने चेतावनी दिनु भएको छ ।उहाले प्रदेश न ५ को राजधानी बुटवल नै बनाउनुपर्ने भन्दै अन्यथा भए अखण्ड लुम्बिनीको जस्तै आन्दोलन चर्किने चेतावनी दिनु भयो ।
बिहीबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन कार्यक्रममा पौडेलले बुटवल बाहेक अन्यत्र ठाउमा राजधानी तोकिए सडकमा उत्रने बताउनुभएको हो । पुर्वाधार, पहुच र एकता सबै हिसावले बुटवल प्रदेश राजधानी बनाउन उपयुक्त भएको उहाको भनाई छ ।

प्रकाशित मिति : ७ पुस २०७४ शुक्रबार ००:००  ४ : ०२ बजे