४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

साविक फुलिका गाविस खुल्ला दिसा र साक्षर क्षेत्र घोषणा



अबिनाश बेल्बासे, कपिलबस्तु, ७ पुस ।
साबिकको फुलिका गाबिसलाई एक भव्य कार्यक्रमका बिच खुला दिशा मुक्त र साक्षर क्षेत्र घोषणा गरिएको छ । हाल कपिलवस्तुको मायादेबी गाउपालिका वडा नं. ३ मा पर्ने फुलिकालाई खुल्ला दिसा मुक्त र साक्षर क्षेत्र घोषणा गरिएको हो ।
वडा भित्र रहेका १ हजार १० घरधुरीमा शौचालय निर्माण गरी सो वडालाई खुला दिशा मुक्त तथा साक्षर क्षेत्र घोषणा गरिएको वडा अध्यक्ष शुकदेब प्रसाद तिवारीले जानकारी दिनुभएको छ ।
उक्त वडालाई खुला दिशा मुक्त तथा साक्षर क्षेत्र घोषणा गर्नका लागी जिल्ला स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिती, मायादेबी गाउपालिका, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई कार्यक्रमको दोस्रो चरणको सहयोग रहेको वडा अध्यक्ष तिवारीले बताउनुभयो ।
खुला दिशा मुक्त घोषणा गरेबापत मायादेबी गाउपालीका र पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई कार्यक्रमबाट ३ लाख रकम प्रोत्साहन स्वरुप उक्त वडालाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा बोल्दै क्षेत्र नं. १ (१) का बिधायक बिष्णु प्रसाद पन्थीले नेपाल सरकारले लिएको लक्ष अनुरुप यो क्षेत्रलाई खुला दिसा मुक्त र साक्षर क्षेत्र घोषणा गरिएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रमका निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा (२) का बिधायक सहसराम यादबले साविक फुलिका गाबिसले नेपाल सरकारले तोकेको निर्धारित समय भित्रै खुला दिशा मुक्त र साक्षर क्षेत्र घोषणा गरेकोमा खुसि व्यक्त गर्नुभयो ।
कार्यक्रममा मायादेबी गाउपालिका अध्यक्ष बजरङ्गी प्रसाद चौधरी र उपाध्यक्ष गिता तिवारी, जिल्ला शिक्षा अधिकारी सुरेन्द्रराज पराजुली, मायादेबी गाउपालिका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र ढकाल, जिल्ला समन्वय समिती स्थानिय बिकाश कोषका कार्यकारी अधिकृत निरञ्जन पौडेल, जिल्ला वास सल्लाहकार बिपिन पौडेल र बिभिन्न राजनितिक दलका प्रतिनिधीले बोल्दै सरसफाई र चेतनाको क्षेत्रमा हेलचेक्राई गर्न नहुने कुरामा जोड दिएका थिए ।
खुला दिशा मुक्त तथा साक्षर क्षेत्र घोषणा अभियानमा सहयोग पुर्याउने झण्डै १ सय ५० जनालाई सम्मान गरिएको कार्यक्रमको सञ्चालन वडा सदस्य नवल किशोर पाण्डेले गर्नुभएको थियो ।

प्रकाशित मिति : ७ पुस २०७४ शुक्रबार ००:००  ३ : ५९ बजे