४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सातौँ डान्स आइडलको उपाधि पौडेललाई, एलिसा दृतिय



मायादेवी अनलाइन, कपिलवस्तु, ।
सातौ कपिलवस्तु डान्स आइडलको उपाधि ऐश्वर्या पौडेलले जितेकी छिन । मंसिर २३ गते देखि जारी नवौ कपिलवस्तु महोत्सवमा सञ्चालन भैरहेको सातौ डान्स आइडलको उपाधि पौडेलले जितेकी हुन । उनले उपाधि संगै नगद ५५ हजार ५ सय ५५ सहित आर्कषण पुुरस्कार प्राप्त गरिन । पौडेलले ५० जना प्रतिस्पर्धीलाई विभिन्न चरणमा पछि पार्दै उपाधि जित्न सफल भएकि हुन । उनी बनगाईमा रहेको पारिजात माविमा अध्ययन गर्छिन ।
यस्तै डान्स आइडलमा दृतिय एलिसा सारुले भएकि छिन । उनले नगद ३५ हजार ५ सय ५५ सहित आकर्षण पुरस्कार पाएकि छिन । उनले आवर विज्जडम बोडिङ स्कुलमा अध्ययन गर्छिन ।
यस्तै आइडलको तृतीय पुरस्कार मोनिका हमालले लगिन । उनले पनि नगद २५ हजार ५ सय ५५ सहित आकर्षण पुरस्कार प्राप्त गरेकि छिन । उनी मोतीपुरमा सामुदायिक विद्यालयमा अध्ययन गर्छिन ।
यसैगरि आइडलको सान्त्वना पुरस्कार दिव्या सारुले लगेकि छिन । बोडगाउमा रहेको भुपु सैनिक बोर्डिङ स्कुलमा अध्ययन गर्ने उनले नगद १० हजार ५ सय ५५ रुपियाँ सहित आकर्षण पुरस्कार पाएकि छिन ।
जिल्लाभित्र सर्वाधिक चर्चा बटुलेको डान्स आइडलको उपाधिलाई जिल्लाबासीले महत्वको साथ हेर्ने गरेका छन । यस बर्षको आइडलमा भाग लिन ५० प्रतियोगीले फारम भरेका थिए । ति मध्ये महोत्सवमा १३ जना प्रतियोगीले आफ्नो प्रस्तुती देखाउने अवसर पाएका थिए ।
आइडिएलको मुख्य प्रायोजकमा वुद्धभुमि मल्टिटे«डस वाणगंगा नपा ४, सहप्रायोजकमा ए.एस ईलेक्ट्रीकल्स रहेको थियो ।
त्यस्तै डान्स आइडल प्रथम पुरस्कार आर्शिवाद इन्टरप्राइजेज , द्धितीय पुरस्कार मित्रलाल कडेल, तृतिय पुरस्कार हिलवर्ट इङलिस बोडिङ स्कुल बानपा र सान्त्वना पुरस्कारमा श्रेष्ठ टेलरिङ बानपा १ र ४ रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७४ बुधबार ००:००  २ : ३५ बजे