४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

लुम्बिनिको प्रबेशद्धार सिद्धार्थनगरमा जेसिजको महाधिबेशन



भैरहवा, पुस ५ ।
नेपाल जेसीजको ४४ औं महाधिवेसन यहि पुस ८, ९ र १० गते भैरहवामा हुनेगरी तयारी पुरा भएको छ । जेसिआई सिद्धार्थ नेपालको आथित्यमा हुने महाधिबेशनको सम्पूर्ण तयारी पुरा भएको आज पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ ।
भैरहवा स्थित महेन्द्रसभा गृहमा हुने उक्त महाधिवेसनको पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी) केन्द्र का अध्यक्ष पुस्पकमल दाहल (प्रचण्ड) ले गर्नु हुने भएको छ ।
महाधिवेसनमा स्वाथ्य मन्त्रि दिपक बोहरा, एमाले उपमहासचिव तथा रुपन्देही ३ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य घनश्याम भुसाल र नेपाली कांग्रेसका युवा नेता विश्व प्रकाश शर्मा, जेसीजका अन्तराष्ट्रिय प्रशिक्षक मिलन गुरुंग, अन्तराष्टिय मोटीभेटर रमन नेपाली लगायत देश विदेशका ख्यातीप्राप्त व्यक्तिहरुको समेत सहभागीता रहनेछ । महाधिबेशनमा १ करोड ३५ लाख खर्च हुने बताईएको छ ।
महाधिवेसनमा भाग लिन देशैभरीबाट आउने युवाहरुलाई बसाल्नकोलागी बेलहियादेखी भैरहवाको ब्रमेलीटोल सम्मका २ हजार ५ सय भन्दा बढी होटलका बेड बुक भईसकेको महाधिवेसनको आयोजक संस्था जेसीआई सिद्धार्थ नेपालका अध्यक्ष सुमन शर्माले जानकारी दिनुभयो । १० गते नयां नेतृत्वकोलागी चुनाब हुन्छ । यो बीचमा विभिन्न तालिम तथा गोस्ठी पनि हुनेछन् ।
भैरहवामा आउने प्रतिनिधी र पर्यबेक्षककोलागी सबैभन्दा राम्रो आतिथ्यता गर्नेगरी तयारी पुरा भएको आयोजकले जनाएका छन् । नेपाल जेसीजको बोर्डमा १९ जना रहने प्राबधान रहेको छ र सो पदमा पुग्न १८ वर्षदेखी ४० वर्ष भित्रको हुनुपर्ने छ ।

प्रकाशित मिति : ५ पुस २०७४ बुधबार ००:००  २ : ०७ बजे