४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बुटवलमा हुने चौधौ राष्ट्रिय औद्योगिक प्रदर्शनीको अन्तीम तयारी पुरा



बुटवल ५ पुस ।

उपभोक्तालाई स्वदेशी वस्तु बजार र प्रविधिमा आकर्षण गर्न भन्दै बुटवलमा भोली देखि चौधा“ै राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव सुरु हुदै छ ।

‘संवृद्ध नेपाल निर्माणको आधार स्वदेशी उद्यमशीलताको विकास’ भन्ने मूल नारा रहेको प्रद्धर्शनीको सबै तयारी सकिएको आयोजकले जनाएको छ । तयारी सकिएको सन्देश प्रवाह र प्रद्धर्शनीको प्रचारका लागि आज बुटवलमा बृहत सांस्कृतिक झा“की र बग्गी सहितको र्याली निकालियो ।

रुपन्देहीमा रहेका विभिन्न जातजाति, समूह र धर्मावलम्बीहरुको पहिचानलाई समेटर निकालिएको र्याली बजार परिक्रमा गरी प्रद्धर्शनी आयोजना स्थल बुटवल मण्डपमा पुगेको थियो ।
रुपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघ काठमाडौंको संयुक्त आयोजनामा हुन लागेको प्रदर्शनी ६ लाख बढी दर्शकलाई देखाएर २० करोड रुपैया बढीको आर्थिक कारोबार गर्ने लक्ष्य छ ।

प्रदर्शनीमा कृषिजन्य, हस्तकला, ठूला औद्योगिक प्रतिष्ठान, वैकल्पिक उर्जा, गार्मेन्ट, खाद्यान्न, सुचना प्रविधि, बैंक तथा कन्सल्टेन्सी, छाला जुत्ता चप्पल, फर्निचर, बेकरी, होटल लगायतका ५०० स्टल रहनेछन् ।
त्यसमा ४० जिल्लाका उत्पादन सहभागी हुनेछन् । महोत्सवमा सुचना प्रविधि र उद्योगीक नया प्रविधिलाई जानाकारी र परामर्श दिन छुट्टै पेभिलीयन बनाइएको छ ।

मनोरञ्जनका लागि नियमीत सांस्कृतिक कार्यक्रम, गायन प्रतियोगिता, प्रद्धर्शनी आइडल, राष्ट्रिय भलिबल प्रतियोगिता समेत संचालन हुनेछन् । प्रद्धर्शनी पुस १८ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति : ५ पुस २०७४ बुधबार ००:००  २ : ०३ बजे