४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पक्लिहवा कपको पाचौँ संस्करण बुधबारदेखी सुरु



भैरहवा, ५ पुष । विगत चार वर्ष देखि अनेरास्ववियू (क्रान्तिकारी) पक्लिहवा कृषि क्याम्पसले आयोजना गर्दै आएको “पक्लिहवा कप” बिहीबार (आज) देखि सुरु हुने भएको छ । “राष्ट्र निर्माणमा कृषिको आवश्यकता, खेलकुदमा युवाको सहभागिता” भन्ने मुल नाराका साथ उक्त प्रतियोगिता हुन लागेको हो ।

अनेरास्ववियु (क्रान्तिकारी) मूल इकाइ समिति पक्लिहवा कृषि क्याम्पसले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक अनिल यादवले भने, “२०७० साल देखि प्रत्येक वर्ष हँुदै आएको “पक्लिहवा कप” को यो पाचौँ संस्करण हो । प्रतियोगितामा जिल्ला स्तरीय अन्तर कलेज सुपर सिक्स क्रिकेट र भलिबल हुनेछ, जसमा क्रिकेट तर्फ २० र भलिबल तर्फ १४ टिमको सहभागिता रहनेछ ।” जिल्ला खेलकुद विकास समिति रुपन्देहीको सह–आयोजना रहेको प्रतियोगिताको मुख्य प्रायोजक स्टेन्डर्ड टेलरिङ् सेन्टर रहने संयोजक यादवले जानकारी दिए ।

प्रतियोगितामा क्रिकेटको विजेता टिमलाई २० हजार र उपविजेतालाई १० हजार तथा भलिबलको विजेतालाई १० हजार र उपविजेतालाई ५ हजार नगद सहित सिल्ड र मेडल पुरस्कार राखिएको संयोजक यादवले जानकारी दिए ।

पक्लिहवा कृषि क्याम्पसलाई जिल्लामा चिनाउने र विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्य सहित प्रतियोगिता पक्लिहवा क्याम्पसको मैदानमा नै गराउने अनेरास्ववियू क्रान्तिकारी मूल इकाइ समिति पक्लिहवा कृषि क्याम्पसका अध्यक्ष राजिव रमन न्यौपानेले बताए । “पक्लिहवा कप” को पछिल्लो संस्करण क्रिकेट तर्फ लिलाराम मा.वि र भलिबल मणिमुकुन्द कलेजले जितेका थिए ।

प्रकाशित मिति : ५ पुस २०७४ बुधबार ००:००  १ : ५९ बजे