४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

दुई मोटरसाइकल एक साथ दुर्घटना, एक युवकको मृत्यु



बागलुङ, पुस ५ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा दुई मोटरसाइकल एक साथ बुधवार दुर्घटनामा परेका छन् । दुर्घटनामा एक युवकको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

खर्वाङबाट ग्वालीचौरतर्फ जाँदै गरेको ना ४ च ३६६७ नम्बरको पिकअप जिप र विपरीत दिशाबाट आउँदै गरेको ध १ प ३२४६ र बा ५५ प ८०५० नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा दुर्घटना भएको हो ।

मध्यपहाडी लोकमार्गको बडिगाड गाउँपालिका –२, काँडेरुख नजिकै पिकअप जिप र मोटरसाईकल एक आपसमा ठोक्किदाँ ढोरपाटन नगरपालिका वडा नं। १ का ३६ वर्षीय खगेन्द्र बिसीको मृत्यु भएको हो । उनलाई हेलिकप्टरमार्फत गण्डकी अस्पताल पोखरा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

२७ वर्षका सुरेन्द्र बोहोराको अहिले गण्डकी अस्पताल पोखरामा उपचार भईरहेको छ भने २६ वर्षका भरत बिसीको वामी गुल्मीको निजी मेडिकलमा उपचार भइरहेको छ । बुर्तीवाङबाट बुटवलका लागि हिँडेको मोटरसाइकल यात्रुबाहक बसलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशातर्फबाट गैरहेको पिकअपसँग ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

पिकअप जिप चालक र गाडी खर्वाङ प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव निरीक्षक लालबहादुर चौधरीले बताउनुभयो ।

प्रकाशित मिति : ५ पुस २०७४ बुधबार ००:००  १२ : ०८ बजे