४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मत्यु



सर्लाही, पुस ५ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका १० नयाँरोडमा बुधबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको ज्यान गएको छ ।
नयाँरोड चोकभन्दा पश्चिमतर्फ मालबाहक ट्रक नापतौल गर्ने ठाउँ अगाडि राजमार्गको खाल्डोमा परेर बीआर ३० एन ७९४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा भारत सितामढीका ३२ वर्षीय प्रकाशसिंह राजपुतको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सिंहलाई तत्कालै उपचारका लागि नमूना अस्पताल हरिवन ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । प्रहरीले मोटरसाइकलका चालक भारत सीतामढीकै २८ वर्षीय सोनुकुमारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको प्रहरी नायव निरीक्षक महेन्द्रप्रसाद साहले जानकारी दिनुभयो । रौतहटको गौरबाट जनकपुरतर्फ आउँदै गर्दा उनीहरु सवार मोटरसाइकल दुर्घटनामा परेको हो । नयाँरोडमा पूर्वपश्चिम राजमार्ग भत्किएको लामो समयसम्म मर्मत नहुँदा पटक–पटक सवारी दुर्घटना भैरहेका छन् ।

प्रकाशित मिति : ५ पुस २०७४ बुधबार ००:००  १२ : ०६ बजे