४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रेसुङ्गा अस्पतालले १० लाख क्षतिपूर्ति दिने भएपछि आफन्तले शब बुझे



शिवलाल सुवेदी गुल्मी ५ पुस । रेसुङ्गा अस्पतालमा मगंलवार राती मृत्यु भएका परिवारलाई अस्पतालले १० लाख दिने सहमती भएको छ । डाक्टरहरुको लापर्वाहीका कारण रेसुङ्गा अस्पतालमा दाँतको उपचार गर्न पुगेका एक जना विरामीको मगंलवार राती मृत्यु भएपछि अस्पतालले पीडीत परिवारलाई १० लाख क्षतिपूर्ति दिने भएको हो । दाँतको उपचारको क्रममा मृत्यु भएका मालिका गाउँपालिका ६ अर्जेका ५६ वर्षीय शिवलाल अर्यालको परिवारले क्षतीपूर्ति वापत १० लाख पाउने सहमती भएपछि आफन्तहरुले शव बुझेका हुन ।
अर्यालको गिँजाको पिप निकाल्ने क्रममा मंगलबार राति ८ बजे मृत्यु भएको थियो । डाक्टरको लापरबाहीले सामान्य अवस्थाका विरामीको मृत्यु भएको भन्दै आफन्तले मृतकको शव उठाएउन मानेका थिएनन । उनीहरुले मगंलवार रातीदेखि बुधवार दिउसोसम्म नारावाजी गदै अस्पताल, जिल्ला प्रशासन र प्रहरी कायाृल्य घेराउ समेत गरेका थिए । मृतकका आफन्त र अस्पताल प्रशासन सहित जिल्ला प्रहरी कार्यालय गुल्मीमा बसेको छलफलले मृतकका परिवारलाई क्षतीपूर्ति वापत १० लाखसहित परिवारलाई आजीवन स्वास्थ्य उपचारको व्यबस्था मिलाउने गरी सहमती भएको छ । मालिका गाउँपालिका ६ का वडा अध्यक्ष शोभाखर गिरीले अस्पतालका लागि यो घटना नौलो नभएको बताए । उनले पहिले पनि अरु धेरै घटना घटेका तर पहुँचवालाको लगानी भएकाले लुकाएर बाहिर आउन नदिएको आरोप लगाए । ‘यो अर्जेको मात्र बिषय होइन, भोली धेरैले खेप्ने समस्या हो,’उनले भने,‘तर प्रहरीले बल प्रयोग गर्दा सिङ्गा सदरमुकाम मौन छ ।’ यो कुराबाट नै अस्पतालको दादागिरी प्रष्ट हुने उनले बताए । रेसुङ्गा अस्पतालका डाक्टर याम भुजेलले यो घटनाले आफुहरुलाई झुक्काएको बताए । अप्रत्यासित बिरामीको मृत्यु भएपनि अफुहरुको त्यसका कुनै नियत नभएको उनले बताए । डाक्टर प्रकाश पुन, यम भुजेल र बिक्रम बस्नेतले अप्रेसन गरेका थिए । उपचारका लागि अस्पतालमा ल्याइएका बावुको मृत्यु भएपछि उनका २१ वर्षीय छोरा अहिलेसम पनि बेहोस अवस्थामा रहेका छन । मृतका अर्याललका परिवारमा ४ छोरी र १ छोरा र श्रीमती छन् ।

 

प्रकाशित मिति : ५ पुस २०७४ बुधबार ००:००  १० : ०५ बजे