काठमाडौँ, ५ पुस रासस । गुल्मीबाट निर्वाचित नेकपा ९माओवादी केन्द्र० का प्रदेश सांसद सुदर्शन बरालले स्तन क्यान्सरको उपचार गराइरहनुभएकी पत्रकार जनार्दन घिमिरेकी श्रीमती शारदा घिमिरेलाई रु १२ हजार सहयोग गर्नुभएको छ ।
राससका जिल्ला समाचारदाता एवं नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष घिमिरेलाई तम्घासमा आर्थिक सहयोग गरेर बरालले आफ्नो सार्वजनिक कामको थालनी गर्नुभएको हो ।
नेपाल क्यान्सर अस्पताल हरिसिद्धी र भारतको राजीव गान्धी अस्पतालमा शल्यक्रिया गराएकी श्रीमती घिमिरे हाल काठमाडौँमा उपचाररत हुनुहुन्छ ।
“समाजमा धेरै धन हुनेहरु छन् उनीहरुको मनले सम्झेन, तर ऋण खोजेर चुनाव लडेका एक साँसदले सम्झनुभयो, खुशी लागेको छ”, पत्रकार घिमिरेले भन्नुभयो ।
–––
प्रतिक्रिया