४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

वीरगञ्जमा आगलागी नियन्त्रण बाहिर, दुईजनाको मृत्यु



पर्सा, ५ पुस ।
पर्साको वीरगञ्जमा रहेको ग्यास उद्योगमा आगलागी हुँदा दुईजनाको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका–१४ गण्डकमा रहेको सुपर ग्यास उद्योगमा आगलागी भएको हो ।
ज्यान गुमाउनेको पहिचान नखुलेको प्रहरीले जनाएको छ । आगलागीमा परी तीनजना घाइते भएका छन् । त्यहाँ रहेका अमिका प्रसाद पटेल र वारुणयन्त्रका कर्मचारी सन्दिप नेपाल घाइते भएका र दुवैजनाको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ । घाइते एकजनाको पनि परिचय खुलेको छैन ।
उद्योगमा रहेका ग्यास बुलेटहरु समेत जलेकाले आगो नियन्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाको सहयोगमा दमकल र प्रहरीले आगो निभाउने प्रयास भने भइरहेको प्रहरीले जनाएको छ । आगो फैलिँदै गएकाले उद्योग आसपासका क्षेत्रमा आवतजावतमा रोक लगाइएको छ ।

प्रकाशित मिति : ५ पुस २०७४ बुधबार ००:००  ४ : १५ बजे