४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कपिलवस्तु डान्स आइडलमा गन्सिका बाहिरिइन



कपिलवस्तु, २७ मंसिर ।
मङ्गलबार भएको डान्स आइडल प्रतिष्पर्धामा गन्सीका न्यौपाने बाहिरिएकी छन । बुधबार मोनिका हमाल, निरुवा कुवँर, सुजन परियार, सनिला कार्कि, दिव्या थापा, अशोक जि.शी. प्रतिक्षा क्षेत्री, दिव्यासा सेन, शुसिल सुर्य वंशी, एलिसा सारु, ऐश्वर्या पौडल विच रोचक प्रतिष्पर्धा हुने डान्स आइडल संयोजक अमृत केशीले जानकारी दिनुभयो । डान्स आइडलको प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ दोस्रो पुरस्कार ३५ हजार ५ सय ५५, तेस्रो पुरस्कार २५ हजार ५ सय ५५ र सान्त्वना १० हजार ५ सय ५५ रुपियाँ रहेको संयोजक केशीले बताउनु भयो ।
आइडलको मुख्य प्रायोजकमा वुद्धभुमि मल्टिटे«डस वाणगंगा नपा ४, सहप्रायोजकमा ए.एस ईलेक्ट्रीकल्स बानपा रहेको छ । त्यस्तै डान्स आइडल प्रथम पुरस्कार आर्शिवाद इन्टरप्राइजेज, द्धितीय पुरस्कार मित्रलाल कडेल, तृतिय पुरस्कार हिलवर्ट इङलिस बोडिङ स्कुल बानपा र सान्त्वना पुरस्कारमा श्रेष्ठ टेलरिङ बानपा १ र ४ रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७४ बुधबार ००:००  २ : ३८ बजे