५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेपाली कांग्रेसका उम्मेदवार चढेको जिपलाई लक्षित गरी बम प्रहार 



नवलपरासी, मंसिर ९ ।
नवलपरासीमा नेपालीका कांगे्रसका उम्मेदवारलाई लक्षित गरी बम प्रहार भएको छ । नेपाली कांग्रेस नवलपरासीका सभापति एवम् प्रदेशसभा तर्फ क्षेत्र नम्बर २ को ‘क’ का उम्मेदवार विष्णु लामिछाने र प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु कार्की चढेको जिपलाई लक्षित गरी बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले बताउनुभयो ।
चुनावी प्रचार प्रसारका लागि नवलपुरको पाहाडी गाउँपालिका बौदीकाली तर्फ जाँदै गर्दा हुप्सेकोट–५ बोझापोखरी भन्ने ठाउँमा उम्मेदवार चढेको गाडीलाई लक्षित गरी बम प्रहार भएको उहाँले जानकारी दिनुभयो । बम प्रहारबाट मानवीय तथा भौतिक क्षति भने नभएको उपरीक्षक जिसीले बताउनुभयो ।

प्रकाशित मिति : ९ मंसिर २०७४ शनिबार ००:००  ८ : ३३ बजे