४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मुग्लिन–नारायणगढ सडकमा केही दिन गाडी नरोकिने



काठमाडौं, कात्तिक २९ । मुग्लिन–नारायणगढ सडकमा केही दिनका लागि गाडी नरोकिने भएको छ । अहिले चुनावको लागि पनि गाडीको आहोरदोहोर बढेकाले तत्काल गाडी नरोकिने चितवन ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिनुभयो ।
कहिलेसम्म गाडी नरोक्ने भन्ने बारेमा टुंगो भने लाग्न बाँकी रहेको उहाँले बताउनुभयो । गएको शनिबार झण्डै १० घण्टा गाडी रोकिँदा सोमबार दिउँसोसम्म नै प्रभाव परेकाले तत्कालका लागि गाडी रोक्दै पठाउने योजना नरहेको उहाँले बताउनुभयो ।
गएको शनिबार नारायणगढ मुग्लिन सडकखण्डमा झण्डै १० गाडी रोकिँदा हजारौं यात्रुले गाडीमै रात बिताएका थिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७४ बुधबार ००:००  ५ : ३६ बजे