८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

विश्व हात धुने दिवस कपिलवस्तुमा पनि मनाइयो



अनिल कुमार माली, कपिलबस्तु, ३० असोज ।
विश्व हात धुने दिवस परेर कपिलवस्तुमा पनि बिभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाईको छ । “हाम्रो हात हाम्रो भविस्य ” भन्ने मुल नाराका साथ आइतबार दशौ हात धुने दिवस भव्यताका साथ जिल्ला प्रशासन कार्यलयको अगाडी मनाईएको छ ।

कार्यक्रममा जिल्ला समन्य समितीका उप प्रमुख तारावती चौधरीको अध्यक्षता तथा डि वास सि सि का सल्लाहकार तथा प्रमुख जिल्ला अधिकारी मदन भुजेलको प्रमुख आतित्यथामा कार्यक्रम समपन्न भएको छ । यो दिवस सन् २००८, अक्टोबर १५ तारिखदेखि यो दिवस मनाउन थालिएको हो ।

साबुन पानीले मिचीमिची हात धोए धेरै रोगबाट बच्न सकिने चिकित्सकहरुको भनाइ अनुसार यो दिवस मनाउदै आईएको छ । साबुन पानीले हात धोएमा झाडापखाला जस्ता रोगलाई ४० प्रतिशत र श्वासप्रश्वास सम्बन्धी संक्रमणलाई २३ प्रतिशतले घटाउन सकिने चिकित्सकहरु बताएका छन् ।

दिवस अन्तर्गत देशभरका स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकीका स्वास्थ्यकर्र्मी, बिरामी सहित अन्य व्यक्तिहरुले १० दिनसम्म हात धोएर मात्र आ–आफ्नो कार्य सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७४ सोमबार ००:००  २ : ११ बजे