काठमाडौँ, ३० असोज ।
नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकता हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बेलुकासम्म पार्टी एकताका लागि गरिएको द्विपक्षीय वार्ता निष्कर्षमा पुग्न नसकेकाले पार्टी एकता हुन सकेन । “काँगे्रस र लोकतान्त्रिक फोरमबीचमा अहिले सघन वार्ता चलिरहेको छ, भोलि औपचारिक रूपमा दुई पार्टीबीच भएको सहमति सार्वजनिक गरिनेछ”– छलफलमा सहभागी काँग्रेसका नेता महेश आचार्यले भन्नुभयो । (रासस)
३० आश्विन २०७४ सोमबार ००:००
0
Shares
प्रतिक्रिया