काठमाडौँ, २८ असोज ।
नेपाली काँग्रेसले केही दिनअघि गठन गरेको संसदीय समितिमा पाँच सदस्य थप गरेको छ ।
प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले आज संसदीय समितिमा सदस्य थप गर्नुभएको पार्टीका नेता मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो । समितिमा पार्टीका नेताहरु डा शेखर कोइराला, डा मीनेन्द्र रिजाल, फरमुल्ला मंसुर, एनपी साउद र मीन विश्वकर्मा चयन हुनुभएको छ ।
यसअघि पार्टीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गरी केन्द्रीय समितिमा सिफारिस गर्न १७ सदस्यीय संसदीय समिति गठन गरेको थियो । (रासस)
प्रतिक्रिया