२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

जिनुवामा सुरु महायज्ञको दोस्रो दिन २५ लाख दान संकलन, अध्यक्ष थापाले गरे १७ लाख बढि दान



चुरामणि अर्याल, कपिलवस्तु, २७ असोज ।
जिनुवामा हिजो देखि शुरु महायज्ञमा विहिवार मात्र २५ लाख बढि दान संकलन भएको छ । श्री शुद्धोधन जन जीवन मा.वि. जिनुवामा प्राविधिक शिक्षा लागु संगै विद्यालयको शैक्षिक स्तर उकास्ने उदेश्यका साथ यहि असोज २५ गते देखी सञ्चालित विराट श्रीमद्भागवत धन–धान्याञ्चल ज्ञान महायज्ञको दोस्रो दिन विहिवार २५ लाख ११ हजार ९ सय ८३ रुपिया दान संकलन भएको हो ।

विहिवार महायज्ञका अध्यक्ष समेत रहेका दिपक कुमार थापाले १७ लाख २५ हजार रकम दान गर्नु भएको छ । उहाँले २ लाख २५ हजार नगद र १५ लाख बराबरको भुमि दान गर्नु भएको कोषाध्यक्ष लाल बहादुर खड्काले जानकारी दिनुभयो ।

त्यसैगरि निर्देशक कुमार मधु वेल्वासेले ५ लाख रकम दान गर्नु भएको छ । साथै उहाँले सो रकमलाई बढाउने समेत प्रतिबद्धता जनाउनु भएको छ ।

त्यस्तै जिनुवामा रहेको खोजिपुर सामुदायिक वनले १ लाख ११ हजार १ सय ११ रुपैया दान गरेको छ ।

त्यस्तै अन्य दानविरहरुमा लक्ष्मण खडकाबाट १ लाख १ हजार १ सय ११ , शिवराज नगरपालिकाबाट २५ हजार , शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीबाट २५ हजार दान संकलन भएको छ ।

महायज्ञमा प्रमुख कथा वाचकको रुपमा प्रखर अन्तर्राष्ट्रिय कथा वाचक वाचन पं.दीनबन्धु पोखे्रल रहनु भएको छ ।

सह–वाचकको रुपमा १०१ टेक्निकल कलेज एवं एक–प्रदेश एक टेक्निकल विश्व विद्यालयका सङ्क्लपकर्ता धुर्वशरण बस्याल रहनुभएको छ ।

महायज्ञमा भक्तजनको आवत जावतका लागी यातायातको समेत ब्यवस्था गरिएको निर्देशक कुमार मधु बेल्वासेले जानकारी दिनुभयो ।

आधुनिक परिवर्तित समय अनुसार शिक्षामा पनि परिवर्तन आउनुपर्ने समयको मागलाई ध्यान दिदै विद्यालयमा सञ्चालित यस महायज्ञमा कथा श्रवणका लागि आउनहुन सम्पुर्ण भक्तजनलाई अध्यक्ष दिपक कुमार थापाले आग्रह गर्नुभयो ।

महायज्ञबाट करिब २ करोड रकम संकलन हुने अपेक्षा राखिएको कोषाध्यक्ष लाल बहादुर खड्काले जानकारी दिनुभयो । यहि असोज २५ गते देखि जारी महायज्ञ कात्तिक १ गते सम्म रहने छ ।

प्रकाशित मिति : २७ आश्विन २०७४ शुक्रबार ००:००  १ : ४४ बजे