८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

दशैं मनेर समयमै नफर्कएदा दशा शुरु



अर्घाखाँची २५ साउन ।

अर्घाखाँचीका सरकारी कार्यलयका कर्मचारी दशै मानेर समयमै नफर्कदा उनीहरुका दशा सुरु भएकाछन् । जिल्ला प्रशासनले सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा ६८ कर्मचारी अनुपस्थित रहेको फेला परेपछि स्पष्टीकरण सोध्दै कारवाही शुरु गरेपछि कर्मचारीका ग्रहदशा विग्रन सक्ने भएको हो । सबै जना कार्यालयलाई नै जानकारी नदिइ हाजिर नभएका हुन । दसैको विदा सकिएपछि कोही पनि हाजिर छैनन । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले छड्के गर्दा १३ जना अधिकृत, नायब सुब्बा २४, खरिदार १५ र श्रेणी विहीनका कर्मचारी हाजिर नभएको बताउनु भयो । हाजिर नभएका कर्मचारी मनपरी ढंगले अनुपस्थित रहेको र कार्यालय प्रमुख र अन्य कर्मचारी बेखवर रहेका छन । के कति कारणले कर्मचारी हाजिर छैनन् भन्ने तीन दिन भित्र स्पष्टीकरण सहित सम्बन्धित कार्यालयले स्पष्टीकरण दिन भन्दै मनपरी गर्ने कर्मचारीलाई कारवाही गरेरै छाड्ने प्रजिअ भुसालले प्रष्टाउनु भएकोछ ।

 

प्रकाशित मिति : २५ आश्विन २०७४ बुधबार ००:००  ३ : २८ बजे