३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

तिन बालकको उद्धार



सलिम अन्सारी प्यूठान आश्विन २४ ।
प्रहरीले ३ बालकलाई उद्धार गरी अभिभाबकको जिम्मा लगाएको छ ।

जिल्ला बालकल्याण समितिमार्फत सोमबार बिक्रम सामत सुनिल सामत र धने सार्किलाई अभिभावकको जिम्मा लगाइएको हो ।

होटलमा काम गर्ने भन्दै काठमाडौं जान लागेको अवस्थामा सरुमारानी–४ बड्डडाडा चोकबाट प्रहरीले तीन जनालाई आइतबार नियन्त्रणमा लिएको थियो ।

जिल्लाको ऐरावती गाउँपालिका –३ काउले निवासी १३ बर्षका बिक्रम सामत, १४ बर्षका सुनिल सामत र १५ बर्षका धने सार्किलार्इ उद्धार गरि जिल्ला बालकल्याण समितिमार्फत आफन्तको जिम्मा लगाइएको प्युठानका प्रहरी नायब उपरिक्षक राजेन्द्र पोख्रेलले जानकारी दिए ।

नाताले आफ्नै काका पर्ने बिरे सार्किसँग होटलमा काम गर्ने भन्दै आइतवार साँझ उनीहरु काठमाडौं जान लागेका बेला प्रहरीले बसमा फेला पारेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७४ मंगलबार ००:००  ४ : ४५ बजे