९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

कपिलबस्तुमा पनि करवा चौथ धुमधामका साथ मनाइयो



कपिलबस्तु असोज २४ ।

तराई मधेशका हिन्दु महिलाहरुले मनाउने महान पर्व करवा चौथ आईतवार कपिलबस्तुमा पनि धुमधामका साथ मनाईएको छ ।

यो पर्व विवाहित मधेशी महिलाहरुको लागी धेरैनै महत्वपूर्ण पर्व हो । मुख्यतः यो पर्वमा महिलाहरु आ–आफ्नो श्रीमानको सुखशान्ति, लामो आयु तथा उत्तरोत्तर प्रगतीको कामना गर्दै बिहान ३ बजे देखि निराजल उपवास बसेर राती चन्द्रमा देखेर पुजाआर्जा गरी उपवास तोड्ने परम्परा रहेको छ ।

यो पर्वमा अविवाहित महिलाले पनि यही परम्परा अनुसार भविष्यमा मनवांछित श्रीमान पाउनका लागी उपवास राख्ने गर्दछन् ।

हिन्दु धर्म अनुसार महिलाहरु नया“ लुगा लगाई दिन भरी भोकै बसी श्रीमानको जीवन रक्षा तथा लामो आयु का लागी ब्रत बस्ने र राती चन्द्रमा निस्केपछि करुवा राखी चामलको पिठो ,मिठाईका परिकार,सिन्दुर बाट हिन्दु धर्म अनुसार पुजाआर्जा गर्ने परम्परा रहेका छ भने एकै ठा“उमा भेला भई कथा प्रवचन गर्ने चलन अनुसार पर्व मनाउने चलन रहेको छ ।

 

प्रकाशित मिति : २४ आश्विन २०७४ मंगलबार ००:००  १ : ०७ बजे