९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

बजार क्षेत्रको फोहोर साप्ताहिक रुपमा उठ्ने



दाङ २३ असोज ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर बजार क्षेत्रको फोहोर साप्ताहिक रुपमा उठ्ने भएको छ । पछिल्लो समयमा नउठेको फोहोर अबदेखी हरेक शुक्रवार उठ्ने वडा कार्यालयले बताएको छ ।
घोराही उपमहानगरपालिकासँगको समन्वयमा बजार क्षेत्रको फोहोर हरेक शुक्रवार उठ्ने वडा अध्यक्ष चित्रबहादुर डाँगी(निर्मल)ले जानकारी दिनुभयो । घोराही उपमहानगरपालिकाका प्रतिनीधी शक्तीराम डाँगीको उपस्थितिमा बसेको बैठकले बजार क्षेत्रमा प्लाष्टिक (पोलिथीन र गिलास) प्रयोगमा रोक लगाउने निर्णय गरेको छ ।
यसैबीच नारायणपुरबजार क्षेत्रमा फोहोरको अवश्थाले अनुगमन गरिएको छ । वडा कार्यालयको सक्रियतामा घोराही उपमहानगरपालिका, नारायणपुर उद्योग वाणिज्य संघको सहभागीतामा फोहोरको अनुगमन गरिएको हो । अनुगमनमा क्रममा जथाभावी फोहोर फाल्ने, आगो लगाउने, सीसाजन्य बस्तुहरु व्यवस्थापन नगरेको, पसलमा फोहोर फाल्ने डस्बीनको व्यवस्था नगरेको पाईएको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०७४ सोमबार ००:००  ११ : १० बजे