८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

तौलीहवामा आईतबारबाट बाट सातौ राष्टिय लोकभाषा सम्मेलन शुरु



विकास बन्जाडे कपिलवस्तु असौज २३ ।
कपिलवस्तुको तौलीहवामा आजबाट सातौ राष्टिय लोकभाषा सम्मेलन शुरु भएको छ । लोकबार्ता परिषद् नेपालको आयोजनामा कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लामा आजदेखी २८ गतेसम्म चल्ने कार्यक्रमको तौलीहवामा एक समारोहका विच उद्घाटन गरिएको हो ।
देशभरका विभिन्न विधामा ख्याती प्राप्त लोक विधाताहरुको जमघट पहिलो पटक बुद्धनगरी कपिलवस्तुमा भएको कार्यक्रमको बारेमा प्रकाश पादैंै प्राज्ञ यज्ञराज उपाध्याय विदेशी नक्कल गदैं देशमा बढिरहेको लोकसँग सम्वन्धीत कला, सँस्कृति, भाषा, खानापान, रहनसहनलाइ छाड्ने प्रविधिको अन्त्य गरी देशको लोककला, संस्कृति, कलाको संरक्षण गर्नु रहेको प्राज्ञ यज्ञराज उपाध्यायले बताउनुभयो ।
सोही कार्यक्रममा बोल्दै प्रमुख अतिथि लोकवार्ता परिषद् नेपालका प्रध्यापक डाक्टर चुडामण्ी बन्धुुले हराउँदै गएको नेपाली लोक, कलासँस्कृति, सम्पदाको संरक्षण, प्रवद्धन, विकास र प्रचारप्रसार गर्नु कार्यक्रमको मुख्य उदेश्य रहेकोमा जोडदिनुभयो ।
कार्यक्रममा विभिन्न लोक कलासँस्कृति सम्वन्धी विभिन्न विधाका ६६ बटा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजनकले जनाएका छन् । दिपावली, छड पर्वको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा देशभरका दर्जन बढि लोकबार्ताका सष्टाहरुलाइ सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०७४ सोमबार ००:००  ३ : २२ बजे