८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

नागरिक आन्दोलनलाई थप शसक्त पार्ने प्रस्ताव पारीत



कपिलबस्तु, २२ असोज ।
सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुको २१ औ बार्षिक साधारण सभाले नागरिक संगठनले विगतमा पुराएको योगदानलाई राजनैतिक दल तथा सरकारले विर्सेका कारण नागरिक आन्दोलनलाई थप शसक्त पार्ने प्रस्ताव पारीत गरेको छ ।
त्यसैगरी लोकतन्त्रको संस्थागत विकासका लागि थप योगदान गर्ने निर्णय पनि उक्त साधारण सभामा पारीत गरीएको छ । साधारण सभामा आर्थिक वर्ष २०७३÷०७४ को प्रगति प्रतिवेदन, र दुई करोड एकतिस लाख चार हजार सात सय चौविस बरावरको आय.ब्यय विवरण प्रस्तुत गरीएको थियो ।
संस्थाले केयर नेपाल, आई एम नेपाल, युरोपियन युनियन, सर्च फर कमन ग्राउन्ड, बाणगंगा नगरपालिका संग आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका लागि साझेदारीमा लुम्बिनि अञ्चलका ४ वटा जिल्लामा विभिन्न कार्यक्रम संचालन गरीरहेको छ । संस्थाले आगामी बर्षका लागि तिन करोड पैतिस लाख छयासी हजार बजेट पनि पारीत गरेको छ ।
साधारण सभाले बहु प्रतिभाशालि ब्यक्तित्व बाणगंगा ३ निवासी ७४ बर्षिय भैसी गोठालो बेचु प्रसाद चौधरीलाई सम्मान समेत गरेको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०७४ आइतबार ००:००  २ : ३८ बजे