९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

विश्वकप फुटबल २०३० स् अर्जे्न्टिना, उरुग्वे र पाराग्वेको संयुक्त दाबेदारी



असोज १९ ।
सन् २०३० को विश्वकप फुटबल आयोजनाका लागि अर्जे्न्टिना, उरुग्वे र पाराग्वेले संयुक्त रुपमा प्रस्ताव पेश गरेका छन् ।
तीन दक्षिण अमेरिकी देश अर्जे्न्टिना, उरुग्वे र पाराग्वेका राष्ट्रपतिले बुधबार विश्वकप फुटबल २०३० संयुक्त रुपमा आयोजनका लागि विश्व फुटबलको प्रशासकीय निकायमा दाबेदारी पेश गर्ने घोषणा गरेका हुन् ।
अर्जे्न्टिनाको राजधानी ब्युनस आयर्समा रहेको राष्ट्रपति भवनबाट तीन देशले दाबेदारी प्रस्तुत गर्ने घोषणा गरेका हुन् ।
सन् २०३० को विश्वकप आयोजनका लागि फिफाले कम्तिमा अझै चार महिना दाबेदारी खुल्ला गर्दैन । तर विभिन्न देशले त्यसका लागि तयारी भने सुरु गरिसकेका छन् ।
सन् २०३० को विश्वकप ऐतिहासिक छ, यो अर्थमा कि त्यसबेला विश्वकप फुटबल सुरु भएको एक सय वर्ष पुग्ने छ । सन् १९३० मा उरुग्वेमा भएको विश्वकप फुटबल पहिलो विश्वकप थियो ।
सन् २०२६ को विश्वकप फुटबलको आयोजनाको जिम्मा अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा पाउने सम्भावना छ ।
सन् २०२६ को विश्वकपदेखि ३२ टिमको सट्टा कुल ४८ टिमले प्रतिस्पर्धा गर्ने सम्भावना छ । सन् २०१८ को विश्वकप रुपमा तथा २०२२ को कतारमा हुने पक्का भइसकेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७४ बिहिबार ००:००  ४ : १२ बजे