९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

एमाले फेरि पहिलो पार्टी हुन्छ – सचिव ज्ञवाली



नवलपरासी, १३ असोज ।
नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले स्थानीय तहमा जस्तै प्रदेश र प्रतिनिधिसभामा पनि एमाले पहिलो पार्टी हुने दाबी गर्नु भएको छ ।
नवलपरासीमा नेकपा एमाले, सुनवल नगर कमिटीले सुनवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सचिव ज्ञवालीले यस्तो विचार व्यक्त गर्नु भएको हो ।
सो अवसरमा नेता ज्ञवालीले विगतका सबै कमीकमजोरीलाई सच्याउँदै पार्टीलाई पहिलो बनाउने गरी चुनावमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिनुभयो ।
उहाले अब प्रदेश र केन्द्रमा पनि एमालेले बहुमत ल्याएर एमालेकै सरकार बन्ने जिकिर गर्नु भयो ।
नेता ज्ञवालीले प्रदेश नम्बर २ को चुनावमा सिट संख्याको हिसाबले कमजोर देखिए पनि समग्र भोटको हिसाबले एमाले दोस्रो नम्बरमा रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको तर्क गर्नु भयो ।
एमालेलाई निषेध गर्दा पनि एमालेको पक्षमा जनलहर देखिनुले जनता एमालेप्रति आशावादी छन् भन्ने प्रमाणित भएको उहाको जिकिर थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७४ शुक्रबार ००:००  १ : ५२ बजे