पाल्पा, ३ असोज । रैनादेवी छहरा गाउँपालिका–५, मुझुङ्गस्थित बालहित कल्याण समन्वय समितिले हालै बालबालिकालाई पोशाक वितरण गरेको छ ।
वडाको बालबालिका बजेटबाट चार विद्यालयका ४०० बालबालिकालाई सर्ट र पाइन्ट वितरण गरेको हो । कालिका मावि बगैँचा, छेउफान प्रावि, छेउफान, भैरव प्रावि बाँसडाँडा, जनकल्याण प्रावि, अँधेरीखोलाका विद्यार्थीलाई पोशाक वितरण गरेको सचिव गणेश केसीले जानकारी दिनुभयो ।
बालबालिकालाई कपी, कलम, पेन्सिल समेत वितरण गरिएको समितिले जनायो । बालबालिकाको खेल क्षेत्रमा क्षमता अभिवृद्धि र खेल क्षेत्रमा आकर्षण बढाउनका लागि शारीरिक तथा बौद्धिक प्रतियोगिता सञ्चालन गरिएको हो ।
वडा कार्यालयले पोशाक, स्टेशनरी सामान, खेलकुदका लागि रु एक लाख ४८ हजार बजेट खर्चिएको समितिका अध्यक्ष कृष्णबहादुर अर्घालीले जानकारी दिनुभयो । रासस
प्रतिक्रिया