९ आश्विन २०८१, बुधबार | Thu Sep 26 2024

सरकारद्धारा आयल निगमका कार्यकारी निर्देशक खड्कालाई बर्खास्त



काठमाडौं, २ असोज ।
सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पदबाट बर्खास्त गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद बैठकले अनियमितता गरको र विभागीय मन्त्रीलाई अटेर गरेको भेटिएपछि खड्कालाई पदच्युत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।
रुपन्देही, झापा, चितवन, लगायत ठाउँमा निगमका लागि जग्गा खरिद गर्दा भ्रष्टाचार गरेको संसदीय समिति र आपूर्ति मन्त्रालय अन्तर्गतको छानविन समितिले ठहर गरेपछि आपूर्ति मन्त्री शिवकुमार मण्डलले खड्कालाई हटाउने प्रस्ताव मन्त्रीपरिषदमा पेश गर्नुभएको थियो ।
निजी अस्पतालमा उपचारका क्रममा बिरामीको ज्यान जाने घटना बढेपछि यसको रोकथामका लागि स्वास्थ्य मन्त्रालय अन्तर्गत एक समिति गठन गर्ने र सञ्चारमन्त्रीको प्रेस सल्लाहकारमा छक्कबहादुर खड्कालाई नियुक्त गर्ने निर्णय पनि मन्त्रीपरिषद बैठकले गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७४ सोमबार ००:००  ७ : ४३ बजे