शिवलाल सुवेदी, गुल्मी, ३१ भदौ ।
अहिले गुल्मी जिल्लाका धेरैजसो गाउँका किसानहरु घरमा बस्न पाउँदैनन् । रात परेसँगै घरबाट निस्किएका किसान रातभर खेती जोगाउन वारीमै बस्छन् । उनीहरुको दिनमा पनि हालत उस्तै छ ।
बर्षभरि खानका लागि आफ्नो परिश्रम र पसिनाले लगाएको बाली नै नजोगिने भएपछि रातदिन नभनी किसानहरु खेतबारीमा बास बस्न बाध्य भएका हुन् ।
पछिल्ला केही वर्षयता जिल्लाका किसानहरु वादर आतंकवाट हैरान भएका छन । वारीमा लगाएको वाली स्यार्ने समयमा वादरको बिगबिगीले हैरान भएका किसानहरुले भर्खरै निर्वाचित भएका जनप्रतिनिधीहरुलाई समेत गुहार्न थालेका छन ।
बारीमा लगाएको मकै, आलु लगायत फलफुल वादरले सखाप पारेपछि यहाँका किसानहरुले हैरानी व्यहोर्नु परेको हो ।
जिल्लाको धुर्कोट, मदाने, मालिका, सत्यवती, रुरु, छत्रकोट, इस्मा, चन्द्रकोट, गुल्मी दरवार, कालीगण्डकी गाउँपालिका साथै रेसुङ्गा नगरपालिका र मुसिकोट नगरपालिकाका अधिकाशं गाउँका किसान यति खेर रातको समयमा समेत घरमा भेटिदैनन् ।
जिल्लामा वादरको विगविगी भएको भन्दै अहिले जिल्लाका बिभिन्न स्थानीय तहले बजेट समेत छुट्टाएका छन । यता समस्या समाधानका लागी जिल्ला वन कार्यालयमा समेत निवेदन दिन आउने किसानको संख्या बढ्दो छ ।
अहिले जिल्ला वन कार्यालयमा पनि वाँदर नियन्त्रणका लागि निवेदन दर्ता हुने गरेको जिल्ला वन अधिकृत बिशाल घिमिरेले बताउनुभयो ।
प्रतिक्रिया