१० आश्विन २०८१, बिहिबार | Fri Sep 27 2024

नयाँ शक्तिलाई धक्का, निर्वाचित वडाध्यक्ष पठान माओवादी केन्द्र प्रवेश



भुपाल थापा, कपिलबस्तु, ३० भाद्र ।
कपिलबस्तुको यशोधरा गाउपालिका वार्ड नं. ५ का निर्वाचित वडा अध्यक्ष लईस पठान नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ । गत असार १४ गते भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नया शक्ति पार्टीबाट उम्मेद्वार रहनुभएका पठान संगैै निर्वाचित वडा सदस्य सावित्री रैदास पनि केन्द्रमा प्रवेश गर्नुभएको हो ।

बर्तमान राजनैतिक मुल्याङकनमा मधेसको सच्चा पहरेदारी पार्टी माओवादी केन्द्र भएकाले आफु ससम्मान प्रवेश गरेको पठानले बताउनुभएको छ । मधेसको नाममा लुटको राजनिति गर्ने पार्टीबाट स्वतन्त्र भई मधेसको सारथी माओवादी केन्द्रमा प्रवेश गरेको सदस्य रैदासको भनँइ छ ।

नेकपा माओवादी केन्द्रका युवा नेता विजय प्रकाश जैसवालको विशेष पहलमा उहाहरुलाई नेकपा माओवादी केन्द्रमा प्रवेश गराइएको नेता हजरज अलिले जानकारी दिनुभयो । उहाहरुलाई एक बिशेष कार्यक्रमको आयोजना गरि प्रवेश गराइएको उहाले बताउनुभयो ।

 

प्रकाशित मिति : ३० भाद्र २०७४ शुक्रबार ००:००  २ : १३ बजे