९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वामीमा दुई सातादेखि अवरुद्ध विद्युत् सुचारु



गुल्मी, ७ भदौ ।
गुल्मीको मुसिकोट नगरपालिका बामीमा गत दुई सातादेखि अवरुद्ध बनेको विद्युत् आज बिहानदेखि सुचारु भएको छ ।
अविरल वर्षाका कारण दुई साताअघि बामी नजिकै गएको पहिरोले विद्युत् नहर बगाउँदा उक्त क्षेत्रमा लामो समयदेखि विद्युत् सेवा अवरुद्ध बनेको थियो ।
एक सय ३५ किलोवाट क्षमताको उक्त विद्युत् स्थानीय परोपकार बहुउद्देश्यीय सहकारी संस्था वामीटक्सारद्वारा सञ्चालनमा आइरहेको थियो ।
विद्युत् सेवा अवरुद्ध बनेपछि त्यस क्षेत्रका एक हजार ८०० भन्दा बढी घरधुरीका उपभोक्ता लामो समयसम्म अध्यारोमा बस्न वाध्य भएका थिए ।
लामो समयसम्म विद्युत् अवरुद्ध हुँदा मुसिकोट नगरपालिकाको बामी टक्सारलगायत त्यस वरिपरीका बासिन्दाले मोबाइल चार्ज गर्नसमेत पाएका थिएनन् ।
विद्युत् बन्द भएसँगै नेपाल टेलिकमको जिएसएम, सिडिएमए, ल्याण्डलाइन, वाइम्याक्सलगायत एडिएसएल सेवासमेत ठप्प भएको थियो । दुई सातापछ्रि विद्युत् सेवा सञ्चालनमा आएपछि त्यस क्षेत्रका बासिन्दा यतिबेला निकै खुसी बनेका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७४ बुधबार ००:००  १२ : २३ बजे