मायादेवी अनलाइन ।
स्वस्थ आँखा तथा सामान्य दृष्टिका लागि आँशु ज्यादै महत्वपूर्ण हुन्छ । आँखाको नानीको बाहिरी सतहमा (प्री कर्नियल) आँसुको पातलो सतह (टियर फिल्म) ले लेन्सको काम गरी सामान्य दृष्टि (नर्मल भिजन) बनाउन मद्दत गर्दछ ।
आँसुका तीन सतह हुन्छन् ः लिपिड सतह, एक्वियस सतह र म्यूकिन सतह । आँसु उत्पादन गर्ने विभिन्न ग्रन्थीको समस्याले उत्पादन क्षमतामा कमी तथा सामान्य गुणस्तरको आँसु बन्न नसक्दा सुख्खा आँखाको समस्या निम्त्याउँछ । साथै गर्मी मौसममा तापक्रम वृद्धिसँगै बढी हुरिबतास चल्ने तथा वायुमण्डलमा धुलो, धुँवाको मात्रा बढ्ने हुनाले आँसु चाडै बाफ बनी उडेर जान्छ र आँखा रातो भई पोल्ने र चिलाउने गर्छ ।
सुख्खा आँखा छ भने टेलिभिजन हेर्दा वा कम्प्युटरमा काम गर्दा केही समय आराम गर्नु तथा चिसो पानीले मुख धुनु उपयुक्त हुन्छ । मोटरसाइकलमा हिँड्दा भाइजर लगाउनु बेश हुन्छ । मुख्यतया सुख्खा आँखाको उपचारको लागि कृत्रिम आँसु प्रयोग गर्नुबाहेक अर्को विकल्प छैन । साथै आवश्यक मात्रामा पानी तथा झोलपदार्थ पिउनु पर्दछ । घाममा निस्किँदा कालो चस्मा लगाउनु पर्दछ । यो समस्याको लामो समयसम्म उपचार गराउनुपर्ने हुनाले चिकित्सकको निगरानीमा उपचार गराउनु उचित हुन्छ ।
(डा. आनन्द शर्मा, त्रि.वि.शिक्षण अस्पताल)
साभार स्वास्थ्य खबरपत्रिका
६ भाद्र २०७४ मंगलबार ००:००
2
Shares
प्रतिक्रिया