९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

गुल्मीमा झण्डै १६ हजार मतदाता थपिए



अनिल खत्री, गुल्मी ४ भदौ ।
गुल्मीमा झण्डै १६ हजार मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय र जिल्लाका १२ वटै स्थानीय तहबाट १५ हजार ८१४ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
नयाँ मतदाताहरु मध्ये ७ हजार ७६९ जना महिला र ८ हजार ४५ जना पुरु रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका अधिकृत गणेशबहादुर खत्रीले जानकारी दिए ।
जिल्लामा अन्य जिल्लाबाट १६१ जना मतदाताले नाम दर्ता गराएका छन् । जिल्लामा निर्वाचन कार्यालय र १२ वटै स्थानीय तहबाट मतदाता नामावली संकलन गरिएको थियो ।
गुल्मीस्मा सबैभन्दा बढी रेसुङ्गा नगरपालिकामा नयाँ मतदाता थपिएका छन् । रेसुङ्गामाएक हजार ८८० जना थपिएका छन् । यस्तै सबैभन्दा कम इस्मा गाउँपालिकामा ६८४ जना मतदाता थपिएका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७४ आइतबार ००:००  १० : ३४ बजे