१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

निर्वाचन आयोगले दियो सरकारलाई १७ बुँदे निर्देशन यस्तो छ निर्देशनको पूर्ण पाठ



काठमाडौं, २ भदौ ।

निर्वाचन आयोगले प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावको लागि सरकारलाई १७ बुँदे निर्देशन दिएको छ ।
प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावको शान्ति सुरक्षाको विशेष व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो । आयोगले कानून बमोजिम हात हतियार राख्न वा लिएर हिँड्न नपाउने गरी नियन्त्रणको व्यवस्था गर्न पनि सरकारलाई भनेको छ ।
कानून बमोजिम अनुमति प्राप्त गरेका व्यक्तिका नाममा रहेको बन्द्ुक, पेस्तोल जस्ता हातहतियार पनि चुनावभरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयको मातहतमा राख्ने व्यवस्था मिलाउन पनि आयोगले भनेको छ । यस्तै चुनाव भरी रक्सीको उत्पादन तथा विक्रि वितरणमा पूर्ण रोक लगाउन पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।
यस्तो विज्ञप्तीको पूर्ण पाठ

प्रेस विज्ञप्ति

९क० प्रदेश नम्बर दुईको स्थानीय तहको निर्वाचनको सन्दर्भमा नेपाल सरकारलाई आयोगले जारी गरेको १७ वुँदे निर्देशन

आयोगको मिति २०७४।५।१ गते माननीय प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले संवत् २०७४ साल असोज २ गते सोमबारका दिन प्रदेश नम्बर दुई अन्तर्गतका आठ जिल्लाका १३६ वटा स्थानीय तहमा सम्पन्न हुने स्थानीय तहको निर्वाचनलाई कुशलतापूर्वक व्यवस्थापन गर्ने सिलसिलामा नेपाल सरकारका मुख्य सचिव मार्फत नेपाल सरकारलाई देहाय बमोजिम गर्न निर्देशन दिने निर्णय गरेको छ ।
ज्ञ। निर्वाचनको सन्दर्भमा आयोगबाट भएका निर्णय र अन्तर्गतको कार्यालयबाट भएका पत्राचारलाई नेपाल सरकारका सम्पूर्ण निकाय, सार्वजनिक संस्थान, विकास समिति, स्थानीय निकाय, शैक्षिक संस्थानहरूले उच्च प्राथमिकता दिई तत्काल सम्पन्न गर्ने ।
द्द। आयोगबाट मिति २०७४।०५।०१ देखि लागू हुने गरी जारी भएको निर्वाचन आचार संहिताको पूर्ण रूपमा पालना गर्न गराउन मातहतका सबै निकायलाई निर्देशन दिने । साथै, आचार संहिता कार्यान्वयनका सम्बन्धमा आवश्यक सहयोग पु¥याउन र माग भएको जानकारी तत्काल आयोग र अन्तर्गतका निकायलाई उपलब्ध गराउने ।
घ। प्रदेश नम्बर २ अन्तर्गत रहेका नेपाल सरकारका सम्पूर्ण निकाय, सार्वजनिक संस्थान, विकास समिति, स्थानीय तह, अनुदानमा सञ्चालित विश्वविद्यालय र सामुदायिक विद्यालयका शिक्षकको अद्यावधिक बिवरण यो निर्देशन प्राप्त भएको मितिले एक हप्ताभित्र छिटो साधनद्वारा सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा पठाउने ।
द्ध। निर्वाचनको कामका लागि आयोग तथा अन्तर्गतका कार्यालयले माग गरेका कर्मचारीहरू तुरून्त खटाई पठाउने व्यवस्था गर्ने ।
छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल टेलिकम तथा विकास आयोजना लगायत सरकारी निकायका वायरलेस, टेलिफोन, फ्याक्स तथा अन्य सञ्चार साधनहरू मर्मत र सेवा बिस्तार गर्नुपर्ने भए तत्कालै मर्मत गरी चालु हालतमा राख्ने तथा निर्वाचनको कामका लागि माग गरेको समयमा प्राथमिकता दिई उपलब्ध गराउने ।
ट। निर्वाचन आयोग र अन्तर्गतका कार्यालय र निर्वाचन सामग्री भण्डार स्थलको सुरक्षा व्यवस्था मिलाउन सुरक्षाकर्र्मी परिचालन गर्न आवश्यक व्यवस्था मिलाउने ।
ठ। निर्वाचनको सिलसिलामा आयोगका पदाधिकारी तथा कर्मचारी र निर्वाचन अधिकृत, पर्यवेक्षक लगायत अन्य कर्मचारीको आवागमन तथा निर्वाचन सामग्री ढुवानी गर्दा गराउँदा सुरक्षाको आवश्यक प्रबन्ध मिलाउने ।
ड। निर्वाचन अधिकृतको कार्यालयको लागि आवश्यक पर्ने घर, र्र्र्फिर्नचर, कम्प्यूटर, फ्याक्स मेसिन, सवारी साधन, पेट्रोमेक्स र अन्य आवश्यक भौतिक सुविधा माग भएको अवस्थामा जिल्लास्थित कार्यालयबाट तुरून्त उपलब्ध गराइदिने ।
ढ। निर्वाचन सम्बन्धी मुद्रण कार्यमा सरकारी वा सरकारी स्वामित्वमा रहेका छापाखानाले प्राथमिकतासाथ छपाइ सम्बन्धी कार्य गर्ने र मतपत्र छपाइ आवश्यक परेमा सो कार्य जनक शिक्षा सामग्री केन्द्रबाट हुने भएकोले सो केन्द्रको छापाखाना चालू अवस्थामा राख्ने ।
ज्ञण्। निर्वाचन आयोगका पदाधिकारी तथा कर्मचारी र निर्वाचन अधिकृतको आवागमनका लागि माग गरेको बखत हवाई टिकट सुरक्षित राखि दिने र निर्वाचन सामाग्री ढुवानीका लागि आवश्यकतानुसार मोटर, हवाईजहाज र हेलिकप्टरको सुविधा उपलब्ध गराउने ।
ज्ञज्ञ। स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गर्न उम्मेदवार, दल, मतदाताहरूको सुरक्षाको उचित प्रबन्ध मिलाउने ।
ज्ञद्द। निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा बिजुली, धारा, डाँक तथा टेलिफोन सेवा निर्वाध रूपले उपलब्ध गराउने ।
ज्ञघ। निर्वाचनको सन्दर्भमा नेपाल सरकारका जुनसुकै तहको कर्मचारी र सुरक्षा निकायका पदाधिकारीलाई जिम्मेवारी तोक्न सकिने हुँदा यसरी तोकिएको कर्मचारीको जिम्मेवारी पूरा गर्ने दायित्व निज कर्मचारी वा सुरक्षाकर्र्मीको हुने ।
ज्ञद्ध। २०७४ साल असोज २ गते सोमबार तदनुसार सेप्टेम्बर १८, २०१७ का दिन हुने प्रदेश नम्बर दुईमा स्थानीय तहको निर्वाचनको लागि मतदानकेन्द्र विद्यालय भवन तथा कम्पाउण्ड भित्र पनि राखिएकाले सबै विद्यालयमा २०७४ साल भाद्र २७ गतेदेखि मतदान कार्य सम्पन्न नभएसम्म पठनपाठन, परीक्षा सञ्चालन र सबै शैक्षिक क्रियाकलापहरू स्थगन गर्ने व्यवस्था मिलाउने । साथै विद्यालय भवन तथा कम्पाउण्ड वाल निर्माण तथा मर्मत गर्नुपर्ने भएमा सोको तुरून्त निर्माण तथा मर्मत गर्ने व्यवस्था मिलाउने ।
ज्ञछ। सार्वजनिक सञ्चारका माध्यम रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र, दि राइजिङ्ग नेपाल, राष्ट्रिय समाचार समिति आदिले निर्वाचन अयोगको निर्देशन अनुरूप निर्वाचन सम्बन्धी सूचनालाई प्राथमिकता दिई प्रकाशन तथा प्रसारण गर्ने ।
ज्ञट। नेपाल सरकारले निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने बजेट र जनशक्ति प्राथमिकताका साथ उपलब्ध गराउने ।
ज्ञठ। निर्वाचन कार्यमा संलग्न हुने जनशक्तिको सुरक्षाको उचित प्रबन्ध मिलाउने ।

९ख० प्रदेश नं। २ मा हुने स्थानीय तह निर्वाचनमा शान्ति सुरक्षाको विशेष व्यवस्था मिलाउने
आयोगको मिति २०७४।५।१ गते माननीय प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवज्यूको अध्यक्षतामा बसेको बैठकले संवत् २०७४ साल असोज २ गते सोमबारका दिन प्रदेश नम्बर दुई अन्तर्गतका आठ जिल्लाका १३६ वटा स्थानीय तहमा सम्पन्न हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने सन्दर्भमा निर्वाचन अवधिमा शान्ति सुरक्षाको विशेष व्यवस्था गर्नुपर्ने भएकोले निर्वाचन हुने स्थानमा देहायबमोजिमको व्यवस्था गर्न गराउन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
१। कानून बमोजिम हातहतियार लिन पाउने बाहेक अन्य कुनै पनि व्यक्तिले कुनै प्रकारको विष्फोटक पदार्थ वा रासायनिक पदार्थ वा विषालु पदार्थ वा लाठी, भाला, खुकुरी बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिड्न, प्रदर्शन गर्न, प्रयोग गर्न वा गराउन नपाउने गरी नियन्त्रणको व्यवस्था मिलाउने ।
२। कानून बमोजिम अनुमति प्राप्त गरेका व्यक्तिका नाममा रहेको बन्द्ुक, पेस्तोल जस्ता हातहतियार निर्वाचन अवधिभर सम्बन्धित जिल्ला प्रशासन कार्यालयको मातहतमा राख्ने व्यवस्था मिलाउने ।
३। निर्वाचन अवधिभर अवैध मदिरा तथा मदिराजन्य पदार्थको उत्पादन र विक्रि वितरण कार्यमा पूर्ण बन्देज लगाउने गरी विशेष व्यवस्था गर्ने ।
४। निर्वाचन विथोल्न सक्ने आपराधिक चरित्रका शंकास्पद व्यक्तिहरूलाई केही सार्वजनिक ९अपराध र सजाय० ऐन, २०२७ को व्यवस्था बमोजिम प्रहरी निगरानीमा राखी आवश्यकता अनुसार नियन्त्रण गर्ने ।

सूर्य प्रसाद शर्मा
सहसचिव एवं प्रवक्ता

प्रकाशित मिति : २ भाद्र २०७४ शुक्रबार ००:००  १० : ५४ बजे