३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

लक्ष्मणघाटमा ८० हजार बढी श्रद्धालु आए



मोहन बेल्वासे, कपिलवस्तु, ३१ साउन ।
कपिलवस्तुको वाणगंगा–६ लक्ष्मणघाटमा श्रावण महिनाभर लागेको वोल बम मेलाको मङ्गलबार एक कार्यक्रमका विच विधिवत समापन गरिएको छ ।
लक्ष्मणघाट वोलबम सेवा समितीको आयोजनामा संम्पन्न कार्यक्रममा समितिका अध्यक्ष तेजेन्द्र पाण्डेले लक्ष्मणघाट जिल्लामा मात्र नभएर छिमेकी राष्ट्र भारतमा समेत ख्याती प्राप्त तीर्थस्थल रहेको बताउनुभयो । श्रावणी मेला अवधिभर करिव ८० हजार बढी श्रद्धालु भतmजनद्धारा जर्लापणमा सहभागि भएको अध्यक्ष पाण्डेले जानकारी गराउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वाणगंगा नगरपालिका ६ का वडा अध्यक्ष सुकदेव थारु र विशिष्ट अतिथि वडा नं ५ का वडा अध्यक्ष भिष्मराज भुषालले लक्ष्मणघाटमा पर्यटकिय संम्भावना र महत्व धेरै भएकोले स्थानिय यसको संरक्षणमा लाग्नुपर्ने र आफुहरुले समेत साथ दिने बताउनुभयो ।
कार्यक्रममा सेवा समितीले स्थानिय समाजसेवी, बृद्ध बृद्धा मेला अवधिभर सेवा गरेका स्वयसेवक, पत्रकार लगायतलाई मेला संम्पन्न गर्न आर्थिक नैतिक र भैतिक तरवले सहयोग गर्नेलाई संम्मान गरेको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०७४ मंगलबार ००:००  २ : २९ बजे