९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

महिलाको नाममा भुस्वामित्व बढ्यो



मायादेवी अनलाइन, कपिलवस्तु, २६ साउन ।
कपिलवस्तुमा केही बर्ष यता महिलाको नाममा जग्गा पास गराउनेको संख्यामा बृद्धि हँुदै गएको छ । जसका कारण जिल्लामा महिलाको नाममा भु– स्वामित्व बढ्दै गएको छ । केही बर्ष अघि सम्म नगन्य मात्रामा महिलाको नाममा जग्गा पास हुने गर्दथ्र्यो तर अहिले उत्साहजनक रुपमा यो क्रममा बृद्धि भएको देखिन्छ । सरकारले महिलाको नाममा जग्गा रजिस्ष्ट्रेशन पास गराउनेलाई राजस्वमा बिशेष छुटको ब्यवस्था गरे पछि जिल्लामा महिलाको नाममा उल्लेखनीय रुपमा भुस्वामित्व बढेको जिल्ला मालपोत कार्यालयका प्रमुख इश्वरी प्रसाद शर्माले जानकारी दिनुभयो ।
जमिनमा महिलाको स्वामित्व बढाउन छुट पाईने भए पछि महिलाहरुको नाममा जग्ग्गा पास गर्नेक्रम निरन्तर बढ्दै गएको हो । जग्गा किन्दा लाग्ने दर्ता शुल्कमा सरकारले २५ प्रतिशत छुटको सहुलियत दिएको छ । यसैको फाईदा उठाउदै घरपरिवारले महिलाको नाममा धमाधम जग्गा पास गराईरहेका छन् ।
बिगत ९ बर्ष देखि सरकारले महिलाको नाममा जग्गा किन्दा लाग्ने रजिष्ट्रेशन शुल्मा छुटको सहुलियत दिए पछि उनीहरुको नाममा जग्गा पास गर्नेको संख्या जिल्लामा हवात्तै बढेको हो । त्यहि छुट दिए पछि महिलाहरुको नाममा जग्गाको स्वामित्व बढदै गएको मालपोतका कर्मचारीहरु बताउँछन् ।
जिल्ला मोलपोत कार्यालय अनुसार गत आर्थिक बर्ष २०७३÷०७४ मा कुल ६ हजार २ सय २० महिलाले छुट सुबिधा पाएका छन । छुटको रकम १ करोड ४७ लाख ३० हजार रहेको छ । जसमध्ये मालपोत कार्यालय तौलिहवामा १९ हजार ३ सय ३२ लिखत भएको मालपोत प्रमुख शर्माले जानकारी दिनुभयो ।
सरकारले गरेको छुटको प्रावधानलाई जिल्लाका महिला अधिकारकर्मीले सराहनीय र महिलाका लागि खुशीको कुरा भएको बताउँन्छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७४ बिहिबार ००:००  ९ : ५७ बजे