१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

मृत्यु भएको चार दिन पछि वडाअध्यक्ष बोहोराको शव ल्याइयो



अछाम २४ साउन ।
बाजुराको बडिमालिका दर्शनका क्रममा लेक लागेर मृत्यु भएका मेल्लेख गाउँपालिका—५ का वडाअध्यक्ष रामबहादुर बोहराको शव चार दिनपछि अछाम ल्याइएको छ ।
शनिबार बेलुकी लेक लागेर मृत्यु भएका वडा अध्यक्ष बोहराको शव मंगलबार सेनाको हेलिकप्टरबाट अछाम ल्याइएको हो ।
बोहराको शव छिमेकी षोडशाको नन्देश्वरी माविमा राखेर केही समयमै घरमा ल्याउने तयारी गरिएको छ ।
मृत्यु भएका वडा अध्यक्ष बोहराको शव घरमा ल्याएर बुढीगंगामा मंगलबार नै दाहसंस्कार गरिने तयार भएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिनुभयो ।
मेल्लेखबाट षोडशा पुग्न करिब दुई घण्टा पैदल समय लाग्ने गर्दछ । मौसममा खराबी, साँघुरो बाटो, हेलिकप्टर अवतरण गर्ने स्थान अभावका कारण शव ल्याउन कठिन भएको अछाम र बाजुराका सुरक्षा निकायले बताउँदै आएका थिए ।
बोहोरा दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा मेल्लेख गाँउपालिका—५ विन्देवासिनीमा वडा अध्यक्षमा निर्वा्चित हुनुभएको थियो । मृतक बोहराका दुई छोरा एक छोरी र श्रीमती रहेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७४ मंगलबार ००:००  १० : ३४ बजे