१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

वडा अध्यक्ष पौडेललाई जनता माविद्धारा भव्य सम्मान



उज्ज्वल अधिकारी, कपिलवस्तु, १७ साउन ।
जनता माध्यमिक विद्यालय पिपरा कपिलवस्तूले वाणगंगा नगरपालिका वडा नम्बर २ का नवनिर्वाचित अध्यक्ष विष्णु पौडेललाइ सम्मान गरेको छ । विद्यालयको व्यवस्थापन समिति अध्यक्ष समेत रहेका पौडेललाई एक समारोहका बिच सम्मानित गरीएको हो । सम्मान समारोहमा बोल्दै प्रमुख अतिथी जिल्ला शिक्षा कार्यालय कपिलवस्तुका विद्यालय निरीक्षक खिम बहादुर जि.सी.ले पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यतm गर्दै स्थानीय तहमा शिक्षाको जिम्मेवारी वहन गर्न निजामति सेवा ऐन अनुसार मान मर्दन नहुने गरी खटाएमा आफुहरु तयार रहेको बताउनु भयो ।
जिल्ला शिक्षा कार्यालय कपिलवस्तुमा अहिले देखिएको जिल्ला शिक्षा अधिकारी र सहायक जिल्ला शिक्षा अधिकारी बिचको बरिएता क्रम नमिलेको प्रसंग कोट्याउदै जि.सि.ले कर्मचारी खटनपटनमा निजामति सेवा अनुरुप गर्नु पर्नेमा जोड दिनुभयो ।
जि.सी.ले एक फरक प्रसंगमा जनता मा.विले आगामी दिनमा अझ बढि शैक्षिक उपलब्धि हासिल गर्नका लागि अनुकुल वातावरण तयार भएको भन्दै विद्यालयले सामाजिक अगुवाको समेत भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । सम्मानित व्यतिmत्व पौडेलले निर्वाचन परिणाम आएसंगै आफु दलिय प्रतिनिधी भन्दा पनि जनप्रतिनिधी भएको भन्दै कसैलाई काखा कसैलाई पाखा नगरी समाज विकासमा लाग्ने बताउनुभयो ।
त्यस्तै सम्मान समारोहमा विद्यालयका प्रधानाध्यापक रमेश पन्थीले सम्मानित व्यतिmत्व पौडेल एक सामाजिक आर्दश भएको चर्चा गर्नुभयो । उहाले विद्यालयका नेतृत्वकर्ता समग्र वडाकै नेतृत्वकर्तामा निर्वाचित हुनुले विद्यालयको गरीमा अझ उचो भएको बताउनुभयो । शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णराज अर्यालको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समिति पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, शिक्षक तथा विद्यार्थीको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७४ मंगलबार ००:००  ३ : ५६ बजे